दिल प्रशाद थापा
नेपाल मगर संघ वडा इकाई समिति, तिलोत्तमा नगरपालिका वडा नं. ३ शंकरनगरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
वडा संयोजक उमा पुनको सभापतित्व, तिलोत्तमा नगर समितिका सदस्य प्रेमबहादुर थापाको प्रमुख आतिथ्य तथा इन्द्रबहादुर थापा, डम्मरबहादुर सूर्यवंशी, जंगबहादुर गाहा, महेश राना, टिका आले, डम्मरबहादुर थापा विशिष्ठ अतिथि रहेको सो कार्यक्रममा विजय आले, माया सूर्यवंशी, कृष्णबहादुर राना, तिलबहादुर थापा, खिमबहादुर सिंजाली, विष्णु थापा, हरिमाया बुढाथोकी, विष्णु थापा, रुपा राना, जंगबहादुर रेश्मी, देवीराम रोका एवं , टिकाबहादुर कुँवरमगर अतिथि रहेका थिए ।
अधिवेशनले डम्मरबहादुर थापामगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा यमकला राना, सचिवमा हेमा सारु, कोषाध्यक्षमा फत्तबहादुर थापा, सहसचिवमा विष्णुबहादुर थापा तथा सदस्यहरुमा गमीसरा सिंजाली, खगीसरा बाहघरे, मिनाकुमारी थापा, मनमाया थापा, खेमानसिंह सारु, देवीराम रोका, ज्ञानी राना, कोषबहादुर गाहा, सिता थापा, कृष्णबहादुर राना, जंगबहादुर रेश्मी एवं नारायण रेश्मी रहेको कार्यक्रम संचालक केशरी गाहाले बताएका छन् ।
