रामपुरमा मालपोत तथा नापी कार्यालय स्थापना भएपछि पुर्बिपाल्पा क्षेत्रबासी खुसी

Read Time:3 Minute, 39 Second

देब पचभैया  

पाल्पा, मंशिर १६ – लामो समयको प्रयत्न पछि पाल्पा जिल्ला सदरमुकाम तानसेन देखी ६३ किलो मिटर पूर्बिपाल्पाको रामपुरमा मालपोत तथा नापी कार्यालय स्थापना भएपछि पुर्बिपाल्पा क्षेत्रबासी खुसी भएकाछन ।

रामपुर नगरपालिका सहित ७ गाबिसलाई  स्थानिय स्तरमा मालपोत र नापीको सेवा दिने उद्धेश्यले रामपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयको भुमी सुधार तथा ब्यबस्था  एबं नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मन्त्री दलबहादुर राना मगरले उद्घाटन गरेपछि स्थानियबासी खुसी भएका हुन । 

रामपु्र नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा मालपोत तथा नापी कार्यालयको उद्घाटन गदै भुमी सुधार तथा ब्यबस्था मन्त्री दलबहादुर राना मगरले देश भरिका २१ स्थानमा नया मालपोत तथा नापी कार्यालयको स्थापना गर्ने सरकारको निर्णय अनुरुप रामपुरमा सर्बप्रथम सुरु गरेको बताए । मन्त्री रानाले मालपोत र नापी कार्यालय स्थापना भएपछि २०५६ सालदेखी स्थानिय स्तरमै  मालपोत र नापीको माग पुरा भएको बताउदै सहि तरिकाले सेवा लिन आग्रह गरे ।

मन्त्री रानाले अब रामपुरमा इलाका प्रसासन सहितको एकिकृत सेवा केन्द्र स्थापना हुने तयरी प्रकियामा रहेको बताउनु भयो । मालपोत तथा नापी कार्यालय उद्घाटन कार्याक्रममा पाल्पा क्षेत्र नं.१ का सभाषद तथा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष राधाकृष्ण कडेलले भखरै नगरपालिका घोषणा भएको रामपुर नगरपालिकामा मालपोत तथा नापी कार्यालयको स्थापना संगै पुर्बी पाल्पाले बिकासको नया मोठ लिएको बताए । उनले जनता समक्ष आफुले गरेको प्रतिबद्धता पुरा गर्न इमान्दारीता पूर्बक काम गरिरहेको बताए ।

भुमी सुधार तथा ब्यबस्था मन्त्रालयका सचिब लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सुकम्बासी समस्या समाधान आयोग केन्द्रिय सदस्य लेखनाथ पोखरेल जिल्ला प्रशासन कार्यालयपाल्पाका  सहयक मुख जिल्ला अधिकारी निरञ्जन ज्ञवाली,मालपोतका महानिर्देशक रोहित कुमार भट्टराई, नापी बिभाग महानिर्देशक मधुसदन अधिकारी, जिबिस पाल्पाका योजना अनुगमन तथा प्रशासकिय अधिकृत राजेश पन्थी रामपुर नगरपालिकाका कार्यकारी अधिकृत पुष्कर भट्टराईले बोलेका थिए । 

जिल्ला मालपोत कार्यालय पाल्पाका मालपोत अधिकृत नबराज बरालले स्वागत गदै कार्यक्रमको उद्धेश्यमाथी जानकारी गराएको कार्यक्रमको संचालन भुमी सुधार तथा ब्यबस्था मन्त्रालयका उपसचिब यदुनाथ पौडेलले गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %