नेपाल मगर संघ युएईको केन्द्रिय समिति पुनर्गठन

Read Time:3 Minute, 9 Second

हेम थापा मगर

१ डिसेम्बर,आबुधाबी- नेपाल मगर संघ केन्द्रिय समिति युएईको पुनर्गठन भएको छ ।

गोल्डेन स्पुन भेजिटेरियन रेष्टुरेन्टमा आबुधाबीमा गत २८ नोभेम्बर शुक्रवार संघका अध्यक्ष शुशी पुलामी मगरको अध्यक्षता र संघका भूपू, अध्यक्ष हरि बहादुर घर्तिमगरको आतिथ्यतामा बसेको संघको पाचौ बठकले उक्त पुनर्गठन गरेको हो । पुनर्गठन गरिएको २५ सदस्यीय केन्द्रिय समितिमा अध्यक्ष शुशी पुलामी मगर, वरिष्ठ उपाध्यक्ष राम थापा मगर, उपाध्यक्ष क्रमशः १८ मगरात कैलाश ‘खाम‘ पुन मगर १२ मगरात मनोज काउछा मगर, महासचिव टपन घार्तिमगर, सचिव क्रमशः बुद्दी सारुमगर र भोज आले मगर रहेका छन । यसैगरी कोषाध्यक्षमा हिक्मत रोका मगर, प्रवक्ता हेम थापा मगर, संगठन विभाग प्रमुख राम मगर, सास्कृतिक विभाग प्रमुख रमेश मगर, अनुशासन विभाग प्रमुख यम रानामगर, खेलकुद विभाग प्रमुख वसन्त रान मगर र महिला विभाग प्रमुखमा शुशिला दर्लामी मगर छ भने केन्द्रिय सद्स्यहरुमा क्रमस माया मगर, माया थापा मगर, शिव घर्ती मगर, बिकाश मगर, राजन बिरही मगर, थाम राना मगर र श्री थापा मगर, कोक राना मगर र लोक बहादुर मगर रहेका छन ।
साथै भुपु अध्यक्ष हरि बहादुर घर्ती मगर प्रमुख संरक्षक रहेको तीन सदस्यीय संरक्षक समितिमा नरसिङ्ग घर्ती मगर र भुवन मगर मगर रहेका छन । यसैगरी तीन सद्स्यीय बनाइएको बुद्दिजिबी परिषद्को प्रमुखमा पत्रकार एवम मगर बुद्धिजीवी पृथिछक बुढा मगर, मगर बुद्दिजिवी रामकृष्ण पुन मगर र शुशी पुलामी मगर रहेका छन ।

साथै उक्त बैठकले “अन्तराष्ट्रिय मगर मंच” गठनगर्ने कार्यविधिलाई अझ थप परिष्कृतरुप दिनकोलागी घनुभूत छलफलगरी ५ बुँदे सल्लाह र सुझाव तैयार गरी  पठाइएको छ  |

भने ३३ औ मगर दिवश तैयारी समितिको निम्ति उपाध्यक्ष कैलाश ‘खाम‘ पुन मगर सयोजकत्वोमा सचिव भोज आले मगर, कोषाध्यक्ष हिक्मत मगर, प्रवक्ता हेम थापामगर र साँस्कृतिक विभाग प्रमुख रमेश मगर रहेको ५ सद्स्यिय समेत चयन गरेको छ ।

बैठक संघका महासचिव टपन घर्तिमगरले चालाएका थिए भने १२ मगरात उपाध्यक्ष मनोज काउछा मगरले स्वागत गरेका थिए |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %