डकुमेन्ट्री बाट उठेको रकम गाँउका बिधालय लाइ

Read Time:3 Minute, 10 Second

दिलिप राना मगर

जापान , २९ नोभेम्बर – १८ मग्रात मगरहरुको जिवन सैली र रिडी मेला मागेसंक्रन्ति सँग गाँसेको गहकिलो साइनो अनी ओजिलो मग्रातको पहिचानमा रहेर संकलन गरेको आदीवासी डकुमेन्ट्री नेपाल मगर संघ जापनको आयोजनामा सम्पन्न भयो ।

  कार्यक्रमको सभापती संघका उपाध्यक्ष श्री गंगा घर्ती मगर प्रमुख अतिथि आदीवासी जनजाती महासंघ जापनको अध्यक्ष श्री मन पुन मगर थिए । अतिथिहरुमा सेर्पा संघ जापनका अध्यक्ष श्री पेम्बा सेर्पा त्यस्तै नेपाल बाट पाल्नु भएका नेपाल इन्टरट्नमेन्टका अध्यज्क्ष श्री पाल्देन सेर्पा , संघका पुर्व अध्यक्ष श्री भिजेन्द्रमान  पुन मगर निबर्तमान अध्यक्ष दिलीप राना मगर र बिशेष अतिथि डकुमेन्ट्री निर्माता श्री लजिम बुढा मगर रहेका थिए ।

  त्यसै क्रममा डकुमेन्ट्री जापन सम्म ल्याइ हामी माँझ पुराएकोमा हार्दिक धन्यवाद टक्राउदै नेपाल मगर संघ जापन भबिस्यले नयाँ नविन्ता किसिमको हाम्रो संस्कृतिको जग्रेना गर्न अग्रसरको शुभकामना दिएका थिए । संघका पुर्व अध्यक्ष मनबहादुर पुन मगर र भिजेन्द्रमान पुन मगरले जापनको टोयाटासी शहर सामुदायक भवनमा देखाएको उक्त डकुमेन्ट्री बाट उठेको येन १०५५०० एक लाख पाँच हज़ार पाँच सय येन आर्थिक रकम आफै पढेको गाँका सामुदायिक स्कुल उत्तर गंगा निम्न निमाबी बिधालय तक्सेरा ७ उपोल्लो सेरामा अवस्थित रुकुम घर भइ हाल उच्च पढाइको लागी जापनमा रहनु हुने डकुमेन्ट्री निर्माता श्री लजिम बुढ मगर ज्यु लाइ हार्दिक धन्यवाद तथा उच्च सिक्षाको हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

  नेपाल मगर संघ जापन  परिवार कार्यक्रमा उपस्थित सबैमा हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्दै आगामी दिनहरुमा पनी यस किसिमको कार्यमको अपेक्षा गरेका थिए ।

कार्यक्रमको संचालन संघका महासचिव श्री धन बुढा मगरले गरेका थिए । अन्तमा उठेको आर्थिक सयोग संयम बुढा मगरले संघकै सकोषध्यक्ष राम बुढा मगर द्वारा नेपाल पठाइ दिनुहुन पनी अनुरोध गर्दै रक़म हस्तारण गरेका थिए । साथै बुढा ज्युलाइ बिशेष सम्मान गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %