उधोग वाणिज्य संघ गल्याङ्मा भट्राई, काङ्ग्रेसको वर्चश्व

Read Time:2 Minute, 10 Second

विनोद रखाली मगर

गल्याङ् , मङ्सिर १२

स्याङ्जा जिल्ला उधोग वाणिज्य संघ इकाई समिति गल्याङ्को तेस्रो अधिवेशनको वन्द शत्रले लेखनाथ भट्टराई को सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सभापति पदका विजयी लेखनाथ भट्टराईले सभापतिका अर्का उम्मेद्धवार नेत्र प्रसाद पाण्डेलाई १९ मतले पराजीत गरे । भट्राईले १०९ मत र पाण्डेले ८९ मत प्राप्त गरेका थिए । भट्राई नेपाली कङ्ग्रेस निकट र पाण्डे एमाले निकट हुन् । समितिको वरिष्ठ उप सभापतिमा युक्तराज खनाल, उपसभापतिमा डोल प्रसाद श्रेष्ठ ध्रुव, सचिवमा महेश भट्टराई, सह सचिवमा यज्ञ प्रसाद अर्याल, कोषाध्यक्षमा तिलक श्रेष्ठ निर्वाचित भएका हुन् । अन्य सदस्यहरुमा अथाग मिया, उमादेवि श्रेष्ठ, नेत्र प्रसाद भुसाल, विश्वनाथ पाठक, गुम वहादुर थापा मगर गौतम, निर्वाचित भएका हुन् । अन्य ४ सदस्य निर्वाचित समितिले चयन गर्ने भएको छ । स्याङ्जा जिल्ला उधोग वाणिज्य संघका निर्वतमान अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षता गठित निर्वाचन समितिले विजयीहरुको घोषणा गरेको हो । नेपाली कङ्ग्रेस र नेकपा एमालेले आ आफ्नो प्यानल निमार्ण गरी निर्वाचनमा होमिएका थिए । मुख्य पदाधिकारी तथा सदस्य पदमा नेपाली कांग्रेसले वर्चश्व गरेको छ । गल्याङ् वजारमा जम्मा २०५ मतदाता मध्ये २०० मत खसेको निर्वाचन समितिका सचिव भेमलाल अर्यालले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %