गोविन्द घर्ती
रुपन्देही मंसीर १२ । संघीयता, शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण देशमा संविधान जारी हुन नसक्ने राष्ट्रिय जनमुुुक्ति पार्टीका केन्द्रीय अध्यक्ष एम एस थापाको भनाइ छ ।
अध्यक्ष थापाले नेपाली काग्रेस र नेकपा एमाले संघीयता विरोधी भएकाले तोकिएको समयमा संघीयता सहीतको संविधान जारी नहुने आशंका व्यक्त गरेका छन । थापाले बहुमतको आधारमा संविधान जारी गर्न खोजिए राष्ट्रिय जनमुक्ति पार्टीले सडक आन्दोलन गर्ने चेतावनी दिए । राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदद्धारा रुपन्देहीको बुटवलमा आयोजित प्रादेशिक खवरदारी सभालाई सम्वोधन गर्दै थापाले उक्त कुरा बताएका हुन । अध्यक्ष थापाले मुलुकको विकास, स्थाई शान्तिको लागि कार्यकारी राष्ट्रपतिको प्रत्यक्ष निर्वाचन हुने गरी संविधानमा उल्लेख गर्न पर्नेमा जोड दिएका थिए । थापाले जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व विना आदिवासी जनजाति, मधेशी, पिछडावर्ग, महिलाको अधिकार स्थापित हुन नसक्ने हुदा नया संविधानमा समानुपातिक प्राणाली अनिवार्य रुपमा लेखिनुपर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा बोल्दै पार्टीका महासचिव केशव सूर्यवंशीले तोकिएकै समयमा संघीयता सहीतको संविधान जारी गर्न नसके संविधानसभाको औचित्य समाप्त हुने बताएका थिए । सूर्यवंशीले सहमतिको आधारमा पहिचान सहीतको संघीयताको संविधान जारी गर्न पर्नेमा जोड दिए । सूर्यवंशीले देश बचाउन र नेपाली जनताको पक्षमा संविधान निर्माण गर्न दवाव आवश्यक रहेको हुदा संविधान जारी नहुदा सम्म देश व्यापी रुपमा दवाव दिनुपर्ने बताएका छन । त्यस्तै अर्का वत्ता पार्टीका स्थाई समिति सदस्य तथा राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष रामु परियारले संघीयता विना दलितहरुको अधिकार स्थापित हुन नसक्ने हुदा संघीयताको लागि दवाव दिनुपर्ने बताए ।
लुम्विनी राज्य परिषदका ईन्चार्ज अशोक पुनको अध्यक्षता र सचिव तिलबहादुर झेडीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । बुटवल मण्डपबाट शुरु भएको विभिन्न झाकी सहीतको ¥याली मिलनचोक, हाटबजार, गोलपार्क हुदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।
बृहत जन प्रदर्शन एवं प्रादेशिक खबरदारी सभा
Read Time:3 Minute, 27 Second
