विनोद रखाली मगर
गल्याङ, ८ मङ्सिर स्याङ्जाको जगत्रदेवी ८ गल्याङमा तिन महिने निः शुल्क असिसेन्ट ब्युटिसियन तालिम सुभारम्भ भयो ।
बिश्व बैक र नेपाल सरकार शिक्षा मन्त्रालय अन्र्तगतको ब्यवसायीक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाको सहयोगमा गौरब इन्ट्रिग्रेडेट डेभलपमेन्ट एसोसिएट्स नेपालले तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गर्दै स्याङजा उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष एवं कालीगण्डकी यातायात समितिका अध्यक्ष श्याम प्रसाद वस्यालले किताबी ज्ञानले मात्रै मानिस पूर्ण बनन नसक्ने भएकाले व्यवसायिक सीपलाई आत्मािथ गर्न सकेको खण्डमा आर्थिक रुपमा सबल बनन सकिने कुरामा जोड दिएक थिए ।
बस्यालले तालिममा सिकेको सीपलाई जीवन उपभोगी बनाउदै आफ्नो खुट्टामा आफै उभिन सक्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य एवं नेपाली काँग्रेस स्याङ्जाका सदस्य गुरु प्रसाद भट्टराई, स्वतन्त्र पत्रकार संघका केन्द्रिय सदस्य टिकाराम अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक एवं जिडा स्याङजाका प्रमुख राधाकृष्ण डुम्रेले तालिमको वारेमा जानकारी गराउनु भएको थियो । तिन महिना संचालन हुने तालिममा २० जना प्रशिक्षार्थी सहभागि रहेका छन् तालिमको सहजिकरण जुनु राना मगरले गर्ने छन ।
कार्यक्रम संयोजक राधाकृष्ण डुम्रेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सुरेश न्यौपानेले गर्नु भएको थियो ।
