मिस मगर नेपाललाई स्कुटर हस्तान्तरण

Read Time:3 Minute, 8 Second

रूद्र श्रीसमगर

पोखरा, ६ मंसिर

नेपाल मगर सङ्घ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा गत भदौ २८ गते पोखरामा सम्पन्न भएको ‘मिस मगर नेपाल–२०१४’की बिजेता म्याग्दीकी उषा पाइजामगरलाई स्कुटर हस्तान्तरण गरिएको छ ।

शनिबार आयोजित स्कुटर हस्तान्तरण कार्यक्रममा मिस मगर नेपाल–२०१४ का मुख्य प्रायोजक रवि अटोमोवाइल्सका सञ्चालिका टीका कुमारी थापामगरले मिस मगर नेपाल उषालाई स्कुटरको चावी हस्तान्तरण गरेकी हुन ।

स्कुटर पाएपछि बोल्दै मिस मगर नेपाल–२०१४ की उपाधि बिजेता उषाले राष्ट्रियस्तरमा पहिलोपटक आयोजित ‘मिस मगर नेपाल–२०१४’को उपाधि जितेकोमा खुशी व्यक्त गरेकी थिइन ।

उपाधि जितेपछि जिम्मेवारी थपिएको महसुस गरेको भन्दै नेपाल मगर संघ कास्कीसँगको सरसल्लाह र समन्वयमा मगर समुदायका लागि केही गर्ने सोंच बनाएको उल्लेख गरीन । मगर जातिको उत्थानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने योजना रहेको मिस मगर नेपाल उषाको भनाइ थियो ।

प्रतियोगिताका मुख्य प्रायोजक एवं रवि अटोमोवाइल्सका सञ्चालकद्वय मनिष थापामगर र टीका कुमारी थापामगरले मिस मगर नेपाल बिजेता उषाले मगर समाज र देशका लागि केही गर्ने आशा लिएको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

नेपाल मगर महिला सङ्घ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगरले मिस मगर नेपाल प्रतियोगिताका माध्यमबाट मगर जातिको भाषा, धर्म, संस्कृति र भेषभूषाका बारेमा मगर युवतीहरूलाई जानकारी दिलाइ आफ्नो पहिचानप्रति गर्व गर्न लायक बनाउन सकिने उल्लेख गरेकी थिइन ।

कार्यक्रममा मिस मगर नेपाल–२०१४ की सेकेण्ड रनर अप सरला थापामगर, सबटाइटल बिजेता इशाखा थापामगर, कोरियोग्राफर सुरज थापामगर, सहायक कोरियोग्राफर इनिशा दुरामगर लगायतको उपस्थिति रहेको थियो ।

नेपाल मगर सङ्घ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर थापामगरले गरेका थिए भने रिबर्थ इभेण्ट म्यानेजमेण्टका अध्यक्ष अरुण दर्लामीमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %