हामी पनि जातिय पहिचानको पक्षमा – कमल थापा

Read Time:2 Minute, 6 Second

राज्यसत्ता ,

झापा,मङ्शिर ५ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य पुनः संरचना गर्दा जातीय आधारमा नामाकरण गर्दा फरक नपर्ने बताएका छन् । 

(फोटो:अन्नपूर्ण पोस्ट) 

  नेपाल शिक्षक परिषद झापाको प्रथम जिल्ला अधिवेशनलाई झापाको विर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष थापाले राज्य पुनः संरचना गर्दा जातिय नाम राख्दा केही फरक नपर्ने बताएका छन,अहिले संघियतामा जादा यती उती प्रदेश भनेर झगडा गरी रहनुको औचित्य नभएको बताएका छन,उनले  कसैलाई  ७ प्रदेश ठीक रे कसैलाई ८ प्रदेश ठीक रे !के हो यो ७र ८ ???, ८ वालाले ९ को कुरा मानिदिए के बिग्रन्छ ? प्रदेशको नाम कोशी मेची भन्नुस् वा लिम्बुवान भन्नुहोस् केही नबिग्रने उनको भनाइ थियो ।  

राप्रपा नेपालले संविधान निर्माणमा बाधा नपुर्याउने थापाको भनाइ थियो । अन्तिम समयसम्म आफ्ना एजेन्डा लागू गर्न प्रयास गर्ने थापाले बताए । उनले भने, ‘कुनै पनि दलको एजेन्डा संविधानमा समावेश गराउने प्रयास त्यो पार्टीको हुन्छ । तर संविधान बन्ने कुरामा हामी बाधक बन्दैनौं ।

हिन्दू राज्य र एकल जातिय क्षेत्री ब्रह्मान राज्य कायमै हुनु पर्छ भन्दै चुनावी प्रकृयाबाट अगाडि आएको राप्रपा आफ्नो राजावादी माग त्याग्दै अहिले बहुसन्ख्यक जनता आफ्नो पक्षमा नरहेको सुइको पाउन साथ अहिले संघइयता र पहिचान पनि स्विकार्य भएको अभिब्यक्ती दिन थालेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %