खामे पुन मगरको वार्षिक साधरण सभा सम्पन्न

Read Time:2 Minute, 3 Second

दिल प्रशाद थापा मगर

रूपन्देहि , नेपाल खामे पुन मगर समाज तराई समिती , रुपन्देही को वार्षिक साधरण सभा कार्यक्रम सोमबार सालझण्डीमा सम्पन्न भएको छ ।

  नेपाल खामे पुन मगर समाज तराई समिती रुपन्देहीका अध्यक्ष हितमान पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीमा नेपाल खामे पुन मगर समाजका केन्द्रीय अध्यक्ष मिन बहादुर पुन रहेका थिए । कार्यक्रमका विशिष्ठ अतिथी तराई समितीका निवर्तमान अध्यक्ष एवम केन्दीय सदस्य खेमराज पुन र वरिष्ठ सल्लाहकार कर्नल यमबहादुर पुन रहेका थिए । अन्य अतिथीहरुमा केन्द्रिय उपाध्यक्ष भरत पुन ,केन्द्रीय सह सचिव लोक बहादुर पुन , तराई समितीका उपाध्यक्ष गिरी प्रसाद पुन , सल्लाहकार खर्कबहादुर पुन लगायत को उपस्थिती रहेको थियो ।

कार्यक्रममा खामे पुन मगर समाज सम्बन्धी आर्थिक , समाजिक , शैक्षिक विषयमा छलफल गरिनुका साथै मृत्यु जन्म संस्कार सम्बन्धी निर्णय भएको थियो । कार्यक्रममा अध्यक्ष हितमान पुनले  वार्षिक प्रतिबेदन तथा नयाँ योजना सम्बन्धी अवधारण बताएका थिए । कार्यक्रममा समाजका जेष्ठ नागरिकलाई दोसल्ला ओडाइ तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन सचिव रिखिराम पुनले गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिल बहादुर पुनले प्रस्तृत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %