‘सुशिला लामा हत्या’ छानविनको माग गर्दै विरोध प्रदर्शन

Read Time:3 Minute, 57 Second

कृष्ण सारू मगर

काठमाडौं, १ मंसिर – दुई वर्ष अघि संकास्पद रुपमा झुन्डिएको अवस्थामा मृत फेला परेकी सुशिला लामाको हत्या भएको भन्दै हत्याको छानविन र हत्यारालाई कडा कारबाहीको माग गर्दै आईतकार (आज) राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले विरोध प्रदर्शन गरेको छ ।

(फोटो जुनु पुन मगर)

  गत जेठ ३१ गतेबाट लामाको हत्याको छानविनको माग गर्दै उनका बुबा पञ्चबीर लामा र आमा साईली लामा भोक हड्ताल बस्दै आएका छन् । राजधानीको भद्रकालीमा लामो समयदेखि भोक हड्तालमा बस्दै आएका पीडित पक्षको मागको सुनुवाई नभएपछि महिला महासंघको अगुवाईमा विरोध प्रदर्शन भएको हो । निष्पक्ष छानविन समिति गठन गर, अपराधिलाई कार्बाही गरी पिडितलाई न्याय दे, तत्कालिन डिएसपी भीम ढकाललाई कारबाही गर लगायतका नारा सहित प्रदर्शनकारीले विरोध गरेका थिए ।

विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी बीच दोहोरो धरपकड हुँदा जुनु पुन मगर, गंगा खासु मगर, सम्रीक लामा, शान्ती जिरेल, नानु थामी, दिपा आले मगर, बिनिता थापा मगर, सोनी लामा, हिरु राना मगर, बेलीमायाँ तामाङ, कुसुम भट्टचन, अमृत सुनुवार, टक तामाङ गरि कम्तिमा १५जना भन्दा बढी  प्रदर्शनकारीहरू घाईते भएको महिला महासंघले जनाएको छ । मृतक लामालाई कोटेश्वर निवासी स्मृति श्रेष्ठ र उनको श्रीमान विजय श्रेष्ठले आफ्नो घरमा फकाई फुल्याइ काम गराउन ल्याइएको पिडित पक्षले बताएको छ । श्रेष्ठको घरमा बस्ने क्रममा संकास्पद ढंगबाट झुन्डिएको अवस्थामा मृत भेटिएकी लामाको शव तत्काल परिवारले बुझ्न नमान्दा नमान्दै जबरजस्ती मुचुल्का उठाइएको पीडितका बुवा पञ्चबीर लामाले बताएको अपिलमा भनीएको छ ।

  पोष्टमार्टम गर्दा पेटमा दुइ महिनाको बच्चा भएको र बाहिर सार्बजनिक नगर्दा राम्रो हुन्छ भन्ने डाक्टरको घुमाउरो सल्लाहका कारण सार्बजनिक नगरीएको पिडीत पक्षको भनाइ छ । घटनामा सुशिला लामा बस्दै आएको घरका श्रीमान विजय श्रेष्ठले यौन शोषण गरि हत्या गरीएको भन्दै नयाँ बानेश्वरस्थित तीनकुने प्रहरी चौकीमा जाहेरी दिन खोज्दा जाहेरी लिन नमानेको, अधिकारकर्मीको दबाबमा पक्राउ परेका पीडक श्रीमान श्रीमतीलाई पिडीत पक्षलाई नसोधि एकतर्फी ढंगबाट रिहा गरीएको, आजसम्म हत्या गरीएको लामाको नाममा क्षतिपूर्ति र पीडकलाई कारबाहि नभएको भन्दै भोक हड्ताल र विरोध प्रदर्शन गरीएको महिला महासंघले जनाएको छ ।

लामो समयदेखि न्याको माग गर्दै भोक हड्ताल बसेका पीडित पक्षको आवाजको सुनुवाई राज्यपक्षबाट नभएको अपिलमा उल्लेख छ । ‘राज्य पक्षबाट पीडितलाई न्याय र पीडकलाई कडा कारबाहिको माग गर्दछौं ।’ अपिलमा भनीएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %