गोबिन्द घर्ती
कार्तिक ३० । रुपन्दहीको देवदह नगरपालिका–४, भवानीपुरबाट प्रहरीले अवैध काठ सहीत काठ बोक्न प्रयोग गरीएको सवारी साधनलाई पक्राउ गरेको छ । अवैध २६ थान चिारान काठ सहीत लु १ ज १६८ नम्वरको जिप र चालकलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि वडा प्रहरी कार्यालय बुटवल चलान गरिएको देवदह प्रहरी चौकीले जनाएको छ ।
प्रक्राउ पर्नेमा विकास विकलाई अवैध काठ सहीत पक्राउ गरिएको देवदह प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सूूर्यवहादुर कुवरले बताए । प्रहरी नायव निरिक्षक कुवरका अनुसार रातीको समयमा गस्ती गर्ने क्रममा उक्त काठ र सवारी साधन प्रक्राउ गरिएको हो । काठ कुन वनबाट निकालिएको हो भन्ने कुरा पत्ता नलागेको कुवरको भनाइ थियो । प्रहरीले अवैध काठ प्रक्राउ गरिरहेको भएपनि वन कर्मचारीले भने वेवास्ता गरेको कुवरको भनाई रहेको छ । काठ पक्राउ गरेर वन कर्मचारीलाई बोलाउदा समेत समयमा उपस्थित नहुुने गरेको उहाको भनाई रहेको छ ।
देवदह क्षेत्रबाट लगातार रुपमा काठ चोरी निकासी भईरहदा समेत वन कर्मचारीले भने चोरी निकासी नियन्त्रण गर्न कुनै पहल कदमी नचालेको स्थानीयवासीको भनाई रहेको छ । स्थानीय वासीले वन कर्मचारीलाई वन क्षेत्रबाट काठ चोरी निकासी भएको जानकारी गराउदा समेत चोरी निकासी रोक्न पहल नगरेको उनीहरुको गुनासो रहेको छ । वडा प्रहरी कार्यालय मार्फत २६थान काठ जिप र सवारी चालकलाई सेक्टर वन कार्यालय बुटवललाई जिम्मा लगाएको जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख ईन्द्र प्रसाईले बताए ।
अनुसन्धानको लागि सहायक वन अधिकृत यज्ञमुर्ति खनाललाई जिम्मेवारी दिएको जानकारी दिए । काठ, जिप र जीप चालक माथि अनुसन्धान भईरहेको सेक्टर वन कार्यालय बुटवलका सहायक वन अधिकृत खनालले बताए । अनुसन्धानको क्रममा २६थान चिरान ३० क्यूूफिट काठ देवदह क्षेत्रको राजमार्ग भन्दा माथिबाट ल्याएको हुन सक्ने अवस्था देखिएको खनालको भनाई रहेको छ । देवदह क्षेत्रबाट लगातार रुपमा काठ चोरी निकासी भईरहेको अवस्थामा चोरी निकासी नियन्त्रणका लागि पहल नगर्दा समस्या झन बढ्दै जाने सरोकारवालाहरुको भनाई रहेको छ । सामुदायिक वन र राष्ट्रिय वन रहेको यस क्षेत्रमा दुवै वनबाट चोरी निकासी र अवैध विक्रि वितरण हुदै आएको स्थानीयवासीको भनाई रहेको छ । यसलाई रोक्न सम्वन्धीत निकायले बेलैमा ध्यान पुु¥याउन जरुरी रहेको देखिन्छ ।
