बागलुङ–पोखरा मगर समाजको सल्लाहकार चयन

Read Time:1 Minute, 20 Second

रूद्र श्रीसमगर

पोखरा, २९ कात्तिक – बागलुङ–पोखरा मगर समाजको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको प्रथम पूर्ण बैठक शनिबार सम्पन्न भएको छ ।

समाजको कार्यालयमा सम्पन्न बैठकले १३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समाजका निवर्तमान अध्यक्ष भीमबहादुर श्रीसमगरको संयोजकत्वमा गठित सल्लाहकार समितिका सदस्यहरूमा दलबहादुर थापामगर, क्या. मीनबहादुर पुनमगर, किरणप्रसाद थापामगर, ढकबहादुर पुनमगर, लीलबहादुर पुनमगर, दानबहादुर श्रीसमगर, कृष्णाकुमारी श्रीसमगर, उर्मिला श्रीसमगर, डिलमाया श्रीसमगरलगायत रहेका छन्।

त्यसैगरी, बैठकले आकष्मिक कोष सञ्चालनका लागि निवर्तमान अध्यक्ष भीमबहादुर श्रीसमगरकै संयोजकत्वमा तीन सदस्यीय कोष सञ्चालक समिति समेत गठन गरेको छ । साथै, सो बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %