अरूणा स्मृति साँझका कलाकारलार्इ सम्मान

राज्यसत्ता, १२ नोभेम्वर, हंगकंग, मगर संघ हंङकंङले अरूण स्मृति साँझ सम्पन्न गर्न नेपालबाट आएका कलाकारलार्इ संघकै कार्यालय हलमा रात्री भोजको आयोजना गरी सम्मान पत्रका साथ लाइसी उपहार दिएर बिधार्इ कार्यक्रम सम्पन्न गरेको छ । मुना थापा मगर, प्रसाद खप्तरी मगर, देवराज आले मगर, नवराज थापा मगर, गगन पुन मगर र नीर आले मगरका साथै रेवत रार्इलार्इ सम्मान गरेको थियो । अन्य महानुभावहरूले पनि कलाकारहरूलार्इ उपहार दिदै सम्मान गरेका थिए ।  

संघकी अध्यक्ष चन्द्रज्योति आले मगरको अध्यक्षतामा महासचिब बोध बिक्रम थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष थल बहादुर श्रीस मगरले स्वागत मन्तब्य दिएका थिए । कलाकारहरूले पनि मन्तब्य दिदै बिधार्इको घडी साहै् नरमाइलो भए पनि छुटि्नुको बिकल्प नरहेको भन्दै भक्कानिएका थिए । मगर संघ हंगकंगले हंगकंग आउने अवसर प्रदान गरेकोमा आभार ब्यक्त गरेका थिए ।