कानुन बिपरित गाडी चलाउन पाउनु पर्ने माग गर्दे ब्यवशायीकको आन्दोलन

Read Time:3 Minute, 10 Second

देब पचभैया

पाल्पा, कार्तिक २६ – प्रहरीले दुख दिएको भन्दै उत्तरी पाल्पाको ५ गाबिसमा संचालन हुने सार्बजनिक यातायातका साधन बन्द हुदा यात्रुहरु मारमा परेका छन् ।

साना कुरामा पनि प्रहरीले दुख दिने गरेको, यात्रुहरुले गाडीमा  नचढाउदा धम्की दिएको भन्दै ब्यवशायीहरुले आज देखि गाडी बन्द गरेर आन्दोलनमा उत्रिएको गाडी धनी एबं चालक राजेन्द्र अर्यालले जानकारी दिए । पाच दश लिटर दुध संगै एक बोरा सामान पनि प्रहरीले बोक्न नदिदा चार पाच जना यात्रु बोकेर गाडी चलाउनु परेको उनीहरुले गुनासो गरेका छन् ।  

ऋण गरेर किनेको गाडी खाली खाली गुडाउदा आफुहलाई दैनिक घाटा लागेको भन्दै ब्यवशायीहरुले समस्या समाधानको लागी समितिले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।  

नियम बिपरित हुन्छ भन्दै यात्रु नचढाउने, सामान नबोक्ने गर्दा आफुहरुलाई गाउलेले दबाब दिएको भन्दै ब्यवहारिकता हेरेर कारबाही गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।  

तर श्रीनगर जिप ब्यवशायी संघ पाल्पाका उपाध्यक्ष बासु खड्काले भने गाडी नचलाएर बिरोध गर्नु गलत भएको बताएका छन् ।  

शुरुमा गाडी किन्दा र समितिमा आबद्ध हुदा पनि सिट सख्या बढी यात्रु नराख्ने, छटमा सामान र यात्रु नचढाउने प्रतिबद्ध भएर गाडी संचालन भएको भन्दै नियम बिपरित गाडी चलाउन माग गर्दे आन्दोलन गर्नु बेठिक भएको खड्काले बताए ।  

उत्तरी पाल्पाको चाप्पानी, बराङ्गदी, खानीगाउ, यम्घा, दर्लमडाडा लगाएतका स्थानमा २० वटा जिप र दुई वटा मिनि बस संचालन हुदै आएको छ ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख खिमानन्द काफ्लेका अनुसार प्रहरी हेडक्वाटर, गृह मन्त्रायल लगाएतका स्थान बाट नियम बिपरित चलेका गाडीलाई कारबाही गर्ने निर्देशन अनुसार आफुहरुले कारबाहीको कामलाई तिब्र पारेको जानकारी दिएका छन् । ब्यवशायीको आन्दोलनलाई आफुहरुले केही गर्न नसक्ने उनको भनाई छ ।

नियम बिपरित गाडी चलाएको भन्दै पाल्पामा एक महिनाकै अवधीमा ७६ जनाको सवारी चालक अनुमति पत्र लाईसेन्समा प्रहरीले प्वाल पारिदिएको छ भने जरिवाना स्वरुप ५ लाख बढी राजश्व संकलन गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %