दिपावली शुभकामना एवं पिकनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

शुशी पुलामी

आबुधाबी ८ नोभेम्बर,  नेपाल आदिवासी जनजाति परिषद् युएईको दिपावली शुभकामना एवं पिकनिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ |

परिषदले, प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउदै आएको दिपावली शुभकामना कार्यक्रम प्रवासमा आफ्नो डिउटीवाट विदाको अनुकूलता मिलाई गत ७ नोभेम्बर शुक्रवारको दिन, आबुधाबिको हम्दाम कर्नेश पार्कमा लाइभ बार्बकियू लगायत विभिन्न परिकारको साथमा शुभकामना आदान-प्रदान गर्दै भव्यरुपमा मनाएकोछ |

परिषदका अध्यक्ष हरि बहादुर घर्तिमगरको सभापतित्वमा सम्पन्न भएको दिपावली शुभकामना एवं पिकनिक कार्यक्रममा प्रमुक अतिथि परिषद्का प्रमुख संरक्षक बिमल कुमार तामांग,हुनुहुन्थ्यो भने नेपाल मगर संघ युएईका अध्यक्ष शुशी पुलामी,जन प्रगतिशील मंच युएईका बुद्दिजीवी प्रमुख पिताम्बर पोख्रेल,हमालय ट्राभल्सका प्रमुख अंकित श्रेष्ठ,गल्कोट समाजका उपाध्यक्ष तारा मल्ल लगायत अतिथि रहेको कार्यक्रमलाई सचिव आकाश योन्जनले संचालन गरेका थिए भने उपाध्यक्ष भिम घिसिंगले स्वागत गरेका थिए | कार्यक्रमा उपस्थित सवैले, दलहरु विचमा आपसी सहमतिगरि समयमै पहिचान सहितको संविधान आउने शुभकामना  एक आपसमा व्याक्त गर्दै , प्रत्येकवर्ष कुनैन कुनै किसिमवाट परिषद्ले दिपावली शुभकामना कार्यक्रम राख्दै आएकोमा परिषको प्रसंशागर्दै हार्दिक धन्यवाद दिएका थिए |

साथै पिकनिकमा आगामी २८ गते, नेपाल मगर संघले गर्न थालेको “राज्यको पुनर्संरचनामा जातीय पहिचानको प्रश्न ? प्रवासी मगर एवं आदिवासी जनजाति संघ सस्थाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गर्नको निम्ति, शो-इच्छाले उपस्थिति महानुभाबाट Dhs 1862 धिराम (एकहजार साठी मात्र) चन्दा सहयोग भएकोमा संघको अध्यक्ष सुशी पुलामीले खुसि ब्याक्त गर्दै चन्दादाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन् |