कृष्ण सारू मगर
बहराईन , ८ नोभेम्बर – नेपाल आदिवासी जनजाति महासंघ बहराईन संयोजक समितिले पाँच जातिय संस्थाको एउटा विशुद्ध छाता संगठन तदर्थ समिति गठन गरेको छ ।
पहिचान, संघियता आजको आवश्यक्ता , आदिवासी जनजातिहरूको एकता भन्ने नाराका साथ सम्पन्न उक्त भेलाले तपसिलका प्रतिनिधिहरू चयन गरेको छ ।
१)मगर संघ बहराईनका अध्यक्ष (प्रतिनिधि) श्याम पुन मगर
२)तमु समाज बहराईनका प्रवक्ता (प्रतिनिधि) पदम गुरूङ्
३)तमाङ सेवा समाज बहराईनका अध्यक्ष (प्रतिनिधि) श्रावण मिक्चुङ्
४) किराँत याक्थुङ चुम्लुङ बहराईनका (प्रतिनिधि) झहरमान थेबे र
५) किराँत राई यायोक्खा (प्रतिनिधि) अध्यक्ष बुद्धिराज राई छन् ।

