फोटो फिचर सहित , विनोद रखाली मगर
गल्याङ् , २२ कार्त्तिक – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजना र गल्याङ प्रहरी चौकीको व्यवस्थापनमा स्याङ्जाको तेस्रो व्यापारीक केन्द्र गल्याङमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
देश र नागरिक प्रति सर्मपित स्वच्छ तथा व्यवसायिक प्रहरी सेवा, हाम्रो प्रतिवद्धता भन्ने उद्धघोषका साथ जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरीले दिने सेवा सुविधाका बारेमा सहभागिहरुले आफूले भोग्नु परेका विभिन्न समस्या तथा प्रहरीवाट हुने गरेका कमिकमजोरीहरुका बारेमा गुनासो तथा सुझाव सल्लाह व्यक्त गरेका थिए ।
अधिकांस बक्ताहरुले विशेष गरी ग्रामिण क्षेत्रमा सञ्चालन गरिने सवारीका साधनका बारेमा गुनासो गरेका थिए यता गल्याङ क्षेत्रको विकास र विस्तार संगै प्रहरी कार्यालयको स्तर उन्नती, आम नागरिकको सुरक्षा, शान्ति व्यवस्था मिलाउनु पर्ने प्रहरीको कार्य तथा ट्राफिकको व्यवहारलाई सुधारेर अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।
नागरिकका गुनासालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायव उपरिक्षक बुद्विराज गुरुङ्ले सम्बोधन गर्दै नेपाल सरकारको नियम र कानुनमा रहेर प्रहरीले काम गर्नु पर्ने र नियम कानुन भन्दा बाहिर गएर काम गर्ने अधिकार कसैलाई नभएकाले नियम कानुन भित्र रहेर कार्य गर्न सवैलाई आग्रह गरेका थिए । प्रहरी प्रमुख गुरुङ्ले जिल्लामा भएका गतिविधिका बारेमा समेत जानकारी गराएका थिए भने प्रहरी सेवालाई प्रभावकारी चुस्त र दुरुस्त वनाउने अभियानमा सञ्चालन गरिएको मुस्कान सहितको सेवालाई अझ प्रंभावकारी वनाउदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख कृष्ण बहादुर क्षेत्रीले भाद्र महिना देखि कात्र्तिक १९ गते सम्म तीन हजार तीन सय २६ सवारी साधनलाई कारबाही गरि आठ लाख ९९ हजार ४सय रुपैया राजस्व जम्म गरेको र ११ ओटा दुर्घनामा ७ जनाले ज्यान गुमाएको र ५६ जना घाइते रहेको तथ्याङ्क जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक ९६ वर्षका विष्णु प्रसाद डुम्रे,नेपाली काँग्रेस जिल्ला सचिव लक्ष्मण प्रसाद भट्टराई,नेकपा एमाले पार्टी प्रतिनिधि छविलाल भूषाल, एकिकृत नेकपा माओवादी पार्टी प्रतिनिधि नर बहादुर राना मगर लगाएतले बोलेका थिए । कार्यक्रममा गुरु प्रसाद भट्टराई,मोति प्रसाद भट्टराई,जनक कुमार श्रेष्ठ, सूर्य प्रसाद डुम्रे,प्रितम् खड्का,पशुपती न्यौपाने,शिशीर पौडेल,विष्णु अधिकारी, धनमाया विश्वकर्मा,लेखनाथ भट्टराई,सुमित्रा कंडेल, टीकाराम अधिकारी,खिमानन्द भण्डारी,नारायण विक लगायत झण्डै १५ जनाले आ-आफ्ना गुनासो तथा सुझावहरु पेश गरेका थिए ।
नागरिक सुनुवाइ कार्यक्रममा विभिन्न पार्टीका राजनीतिकदल,उद्योगी,व्यापारी वुद्विजिवी, समाजसेवी, प्रहरी ,पत्रकारहरुको वृहत सहभागिता रहेको थियो ।
८६ वर्षका जेष्ठ नागरिक हरिलाल पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विनोद रखाली मगरले गरेका थिए भने धन्यवाद वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी नायव निरीक्षक युवराज पाण्डेले गरेका थिए ।

