विनोद रखाली मगर
गल्याङ् , कात्तिक २१ – लायन्स क्लव अफ् गल्याङ् सिटीको आयोजनामा सन्चालित विद्यालय स्तरीय पिस पोस्टर कन्टेस्ट कार्यक्रममा गल्याङ् भू.पू. सैनिक माध्यामिक विद्यालयका केशव सोमै मगर प्रथम भएका छन् ।

आर्दश आवासिय उमाविका प्रदिप गाहा मगर द्धितीय त्यस्तै भानुभक्त आचार्य उच्च माविका प्रिती थापा मगर तृतीय स्थान हासिल गर्न सफल भएका हुन् । कन्टेष्ट कार्यक्रममा वोल्दै वुटवल पावर कम्पनिका वितरण प्रवन्धक शोभाखर पन्तले विद्यार्थींहरुको प्रतिभा प्रस्फुटन गर्ने कार्यमा लायन्स क्लवको भुमिकाको खुलेरै चर्चा गरे ।
लायन्स क्लव अफ् गल्याङ् सिटीका उपाध्यक्ष लायन ओमवहादुर थापा मगरको मुल्याङ्कनमा सम्पन्न प्रतियोगिताको सन्चालन क्लवका सचिव लायन जनक श्रेष्ठ र लायन्स क्लव अफ् गल्याङ् सिटीका अध्यक्ष लायन डोल प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
