देब पचभैया
पाल्पा, कार्तिक २०- सुकुम्बासी, अब्यवस्थित बसोबास र भुमिहिनहरुको समस्या समाधानको लागी सरकारले थालेको अभियानमा पाल्पा जिल्लामा अहिले सम्म १ सय ६३ जना सुकुम्बासीहरुले आबेदन भरेका छन् ।
रामपुर, कसेनी, दमकडा लगाएतका क्षेत्रबाट अब्यवस्थित बसोबास गर्ने २१ सय २८ वटा र ५२ वटा भुमिहिनहरुको आबेदन परेको सुकुम्बासी समस्या समाधान जिल्ला समिति पाल्पाले जानकारी दिएको छ । समितिका अनुसार रामपुरमा मात्रै १ सय ४८ जना सुकुम्बासीले निबेदन दिएका छन् । रामपुरक्षेत्रबाट १८ सय ५४ अब्यवस्थित बसोबास र ४६ जना भुमिहिनहरुले निबेदन दिएका छन् ।
यही कार्तिक मसान्त भित्र समितिमा निबेदन दिनुपर्ने समितिले जानकारी दिएको छ । तानसेन नगरपालीकाले भने आवश्यक मापदण्ड नबनाएको भन्दै सिफारिस गरेको छैन । समितिमा परेका निबेदन माथि गहिरो छानबिन गरेर मात्रै सुकुम्बासी, अब्यवस्थित बसोबास र भुमिहिनहरुको पहिचान गरीने सुकुम्बासी समस्या समाधान समितिका पाल्पाका सदस्य सचिब एबं जिल्ला मालपोत अधिकृत नवराज बरालले जानकारी दिए ।
श्रीनगर एफ,एम संगको कुराकानीमा मालपोत अधिकृत बरालले सुकुम्बासीको नाउमा सम्पत्ती र घरजग्गा भएकाहरुले पनि निबेदन दिएको केही ठाउबाट गुनासो आएको बताए ।
जिल्लामा रहेका सही सुकुम्बासी एबं भुमिहिनहरुको पहिचान गर्नको लागी सबै जिल्ला बासीले सहयोग गर्नुपर्नेमा बरालले जोड दिएका छन् ।
