देब पचभैया
काठमाडौं, १९ कात्तिक सिन्धुपाल्चोकको जुरे पहिरो पीडितका लागि फोनिज कोरिया लागयतले संकलन गरेको रकम जिल्ला दैवी प्रकोप उद्वार समिति सिन्धुपाल्चोकलाई हस्तान्तरण गरीएको छ ।
फोनिज केन्द्र तथा तामाङ संचार समूहको संयोजनमा आयोजित कार्यक्रममा फोनिज अध्यक्ष डण्ड गुरुङ तथा तामाङ संचार समूहका अध्यक्ष जगत दोङले समितिलाई रकम हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा फोनिज कोरियाबाट प्राप्त एक लाख रुपैंया, तामाङको–अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाले संकलन गरेको १ लाख ५५ हजार रुपैंया तथा मिस युएसए नेपालमा सहभागी सिर्जना राईबाट प्राप्त सहयोग ४० हजार रुपैंया समितिलाई हस्तान्तण गरीएको हो ।
