भैलोबाट चार लाख तिरासी हजार संकलन

Read Time:1 Minute, 51 Second

दिल प्रसाद थापा

बुटवल , बहुजातिय साँस्कृतीक परिवार , लुम्बिनी राज्य परिषद र राष्ट्रिय युवा मोर्चाको संयुक्त आयोजनामा भएको देउसी भैलो कार्यक्रमबाट चार लाख तिरासी हजार रुपैया नगद रकम  संकलन गरेको छ ।

  

देउसी भैलो कार्यक्रमको संयोजक लुम्बिनी राज्य परिषदका इन्चार्ज आशोक पुनका अनुसार उक्त संकलित रकमले नेपालमा रहेको विभिन्न जात जातिको साँस्कृती जोगर्ना गर्नका निम्ती तथा राष्ट्रिय रुपमा विभिन्न जातिका सस्कृतीलाई संरक्षण गर्न र अध्ययन अनुसन्धान तथा प्रवद्धन गर्नको लागि खर्च गरिने बताए ।

देउसी भैलो कार्यक्रम कार्तिक ६ गते बाट कार्तिक १७ गते सम्म भएको थियो । उक्त भैलो कार्यक्रमले नेपालमा रहेको विभिन्न जातजातिको साँस्कृतीक झल्काउने नृत्य तथा गिती नाटक प्रस्तृत गर्दै सस्कृती संरक्षणको निम्ती भैलो कार्यक्रम गरिएको परिवारका एक कलाकारले बताए । भैलो कार्यक्रमको सह संयोजन राष्ट्रिय युवा मोर्चाका केन्द्रीय कोषध्यक्ष शकर गाहा मगर रहेको थिए ।

कोषाध्यक्ष लुम्बिनी राज्य परिषदका उपाध्यक्ष धनी आले मगर र राष्ट्रिय युवा मोर्चा केन्द्रीय उपाध्यक्ष ममता बुढाथोकी मगर रहेका थिए ।    

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %