जनजाति आन्दोलन विना परिणाम टुङ्गिदैन

Read Time:4 Minute, 14 Second

देब पचभैया

काठमाडौं, १७ असोज – आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आफ्ना अधिकार प्राप्तिका लागि कुनैपनि हालतमा सम्झौता नगर्ने बताएको छ ।

  

विगतमा आदिवासी जनजातिसंग भएका सहमति र सम्झौतालाई राज्यले वेवास्ता गरेको भन्दै आदिवासी जनजातिका हक अधिकार प्राप्तिका लागि यो आन्दोलन निर्णायक रहेको राष्ट्रिय आन्दोलनले जनाएको छ । आन्दोलनको घोषणापत्र प्रस्तुत गर्दै आन्दोलनका प्रवक्ता प्राध्यापक डा.ओम गुरुङले आदिवासी जनजातिको अधिकार प्राप्त नभएसम्म लक्ष्यहिन आन्दोलन तय गरीएको बताए ।

घोषणापत्रमा जातीय पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान, स्वशासन र स्वायत्तत्रतासहितको प्रदेश-क्षेत्र, गणतन्त्र, धर्मनिरपेक्षता, राजनीतिक अग्राधिकार, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यका हरेक निकायमा जाति, समुदाय, लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वप्रति आन्दोलन एकतावद्ध र प्रतिवद्ध छ । घोषणापत्रमा उल्लेख छ ।

आन्दोलनका अध्यक्ष पद्यमरत्न तुलाधरद्वारा हस्ताक्षरित १३ बुँदे घोषणापत्रमा यो आन्दोलन केन्द्रमा मात्र नभइ देशब्यापीरुपमै हुने उल्लेख छ । आन्दोलनसभालाई सम्बोधन गर्दै एनेकपा माओवादीका नेता वर्षामान पुनले जनजातिको आन्दोलन विना परिणाम नटुङ्गिने बताए । ‘यो आन्दोलन भनेको जनजातिको अधिकार र पहिचानको पक्षमा गरीएको आन्दोलन हो ।’ उनले भने । सभालाई सम्बोधन गर्दै माओवादी नेता देव गुरुङले आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि पहिचान सहितको संघीय संविधान निर्माणको खाँचो रहेको बताए । नेता गुरुङले आदिवासी जनजातिको अधिकारलाई कुल्चिएर २०४७ सालको संविधान ल्याउने कसरत भइरहेको बताए ।

‘संघीयता भूगोलले मागेको हैन आदिवासी जनजातिले पहिचानको अधिकार सहितको संघीयता चाहेको हो , ’उनले भने ।  कार्यक्रममा संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले आदिवासी आन्दोलन कुनै दललाई सहयोग गर्ने नभई अधिकार प्राप्तिका लागि भएको स्पष्ट पारे । घोषणा सभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष डोन्डु डोक्प्योले आदिवासीको आन्दोलन की वार की पारको आन्दोलन भएको बताए ।

‘अधिकार प्राप्तिका लागि यो आन्दोलनलाई निष्कर्षमा पुर्याउन निरन्तर लड्नेछौं । ’उपाध्यक्ष डोक्प्योले भने । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका अध्यक्ष शान्ति जिरेलले २०६४ को संविधान आदिवासी जनजातिमुखी भएकाले तुइहाइएको बताए । आन्दोलनका उदेश्यहरु घोषणापत्रमा उल्लेख भएकाले आदिवासी जनजातिको अधिकार प्राप्तिका लागि संघर्ष सम्झौता विहिन हुने आन्दोलनका अध्यक्ष पद्यमरत्न तुलाधरले बताए ।

तुलाधरको अध्यक्षतामा भएको सभामा संयौंको संख्यामा आदिवासी अधिकारकर्मी, राजनीतिकर्मी, संचारकर्मी लगायत जातीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।   

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %