अन्तर्राष्ट्रिय सीमा सम्मेलन

Read Time:2 Minute, 34 Second

बुद्धि नारायण श्रेष्ठ

फ्रान्सको अर्राकमा ‘बोर्डर रिजन्स इन ट्रान्जिसन’ नामक अन्तर्राष्ट्रिय सीमा सम्मेलन कात्तिक १८ दखि २१ सम्म हुन लागेको छ । यस अन्तर–सीमा सम्मेलन अर्राकमा दुई दिन र बेल्जियमको मोन्समा बॉकी दुई दिन हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलनमा ३६ देशका करिब १५० सहभागीले १७४ कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सीमा सम्मेलनमा नेपालका तर्फबाट सीमाविद् तथा नापी बिभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ ‘क्रस बोर्डर मोबिलिटि बिट्विन नेपाल एन्ड इन्डिया’ विषयक कार्यपत्र प्रस्तुत गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । श्रेष्ठले नेपाल र भारतबीचको खुला सीमाबाट दुवै देशका जनताले पाइरहेको फाइदा-सुगमता उल्लेख गर्दै खुला सीमा दुरुपयोग गरी अन्तर–सीमा अपराधी, विध्वंसकारी, भारतीय जाली नोट तस्करी गर्दै अवाञ्छित तत्वले सीमालाई चुनौती दिइरहेकोले सीमा नियमन गर्नुपर्ने कुरा प्रकाश पार्न लागेका छन् । सुझाव स्वरुप खुला सीमालाई दुरुपयोग हुन नदिन दुवै देशको सहमतिमा नजानिदो तरिकाले चरणवद्ध रुपमा नियमन गर्नका लागि वारपार गर्ने यात्रुलाई अध्यागमन कोरिडोरबाट नाम, थर, वतन भन्न लगाउदै कहॉ कति दिनका लागि जान लागेको उल्लेख गर्दै हिड्न लगाएर सीसीटीभीले ‘मनिटर’ गर्नुपछ । यात्रुको भनाइमा शंका लागे अर्को सानो कोठामा लगेर केरकार गर्नुपर्छ । यसपछिको अर्को चरणमा परिचयपत्र लागु गर्नुपर्ने सुझाव श्रेष्ठले प्रस्तुत गर्न लागेका छन् । यस्तो व्यवस्था अपनाइएमा सीमा वारपार गर्ने अपराधी पहिचान गरी दुवै देशमा शान्ति सुरक्षा कायम हुनसक्ने कुरा पनि कार्यपत्रमा रहेको बुझिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %