विनोद रखाली मगर
कार्तिक १५, गल्याङ् – मुक्तिनाथबाट म्याग्दी, बागलुङ, पर्वत जिल्ला भएर बग्ने पवित्र कालीगण्डकी नदीमा कार्तिक १७ गते देखि १९ गते सम्म चौथो कालीगण्डकी रिभर र्याफ्टिङ् महोत्सव शुरु हँदैछ ।

जलपर्यटकका लागि नियमित र् याफ्टिङ्को प्रचुर सम्भावना भएर पनि कालिगण्डकीमा र् याफ्टिङ् नियमित हुन नसकिरहेको अबस्थामा चौथो कालीगण्डकी तथा नदी महोत्सव २०७१ को आयोजना गरिएको हो ।
कालिगण्डकी नदीलाई केन्द्रित गरी कालिगण्डकी एकिकृत विकास केन्द्रको आयोजनामा स्याङ्जा र पाल्पा जिल्लाको संगमस्थल राम्दीबाट तिन दिने राष्ट्रिय नदी महोत्सव तथा रिभर र् याफ्टिङ महोत्सव शुरु हुन लागेको हो । स्याङजा र पाल्पाको सिमानामा अवस्थित रहेको रामनदीधामदेखि चापाकोट सम्म् करिव २५ किलोमिटर दुरीसम्म र् याफ्टिङ गरी नदी महोत्सव मनाउन लागिएको हो ।

महोत्सवको पहिलो दिन रामनदीधामदेखि चापाकोट नगरपालिकाको आँधीघाटसम्म र् याफ्टिङ गरी विविध सास्कृतिक कार्यक्रम गर्ने योजना रहेको छ । त्यस्तै दोस्रो दिन सुन्तौलिटारमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिने भएको छ र अन्तिम दिन कालीगण्डकी उपत्यका विकास र सम्भावनाका बारेमा बृहत छलफल गर्ने भएको छ । महोत्सवको अवधिभर एक लाख वढि दर्शकले महोत्सव अवलोकन गर्न सक्ने बताइएको छ ।
महोत्सवको लागि करिब १८ लाख आम्दानी र १७ लाख खर्च हुने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष तथा संयोजक बृद्धिमान श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
