गलकोट घुम्टे विकास मञ्च–पोखराको साधारणसभा स¥यो

Read Time:1 Minute, 26 Second

रूद्र श्रीसमगर

पोखरा, १४ कात्तिक

गलकोट घुम्टे विकास मञ्च–पोखराको प्रथम साधारणसभाको पूर्व निर्धारित मिति सरेको छ ।

मञ्चले आफ्नो प्रथम साधारणसभा आगामी मंसिर २७ गते गर्ने भएको हो । यसअघि, मञ्चले आगामी मंसिर १३ गते गर्ने भनेको थियो ।

मञ्चमा आबद्ध अधिकांश सदस्यहरूको पूर्व निर्धारित समयमा कुल पूजा परेकाले शुक्रबार बसेको मञ्चको बैठकद्वारा साधारणसभा सारिएको मञ्चका अध्यक्ष हिराबहादुर खत्रीले जानकारी दिएका छन ।

त्यसैगरी, मञ्चद्वारा प्रकाशन गर्न लागिएको स्मारिका सोही साधारणसभामै विमोचन गर्ने गरी प्रकाशनको तयारीमा लाग्ने निर्णय समेत गरेको अध्यक्ष खत्रीले बताए । स्मारिकाका लागि आवश्यक लेख, रचना र विज्ञापन सड्ढलनका लागि गलकोट, बागलुङ, पोखरा र काठमाडौंमा मञ्चको टोली जाने निर्णय समेत बैठकले गरेको छ ।

मञ्चका अध्यक्ष हिराबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन सदस्य बमबहादुर छन्त्यालले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %