कृषि पर्यटन क्षेत्रको विकाश सुरुवात ग्रामिण कृषि देखि

Read Time:3 Minute, 6 Second

स्याङ्जा आरुपाटा, पित्लेक कृषि पर्यटन क्षेत्र औपचारीक घोषणा, विकाशको सुरुवात ग्रामिण कृषि देखि गर्नुपर्नेः पौडेल

विनोद रखाली मगर

गल्याङ् , कात्तिक १२

स्याङ्जाको जगतभञ्ज्याङ गाविस वडा नं. २ मा रहेको आरुपाटालाई ग्रामीण कृषि पर्यटन क्षेत्रको रुपमा आज औपचारिक घोषणा गरिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी पूण्य बिक्रम पौडेलले स्थानीय विकासका लागि ग्रामीण पर्यटन क्षेत्रको विकास आवश्यक रहेको बताएका छन । जिल्ला विकास समितिले यस्ता क्षेत्रहरुको प्रचार प्रसार तथा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

पर्यटन क्षेत्रकोरुपमा घोषणा भए लगत्तै यहाँका स्थानीय उत्पादनहरुको प्रयोगबाट आर्थिक स्तर उकास्नमा थप मद्धत पुग्ने विश्वास ब्यक्त गरे । साथै पौडेलले आज ग्रामीण पर्यटकीय गाउँमा प्रवेश गर्ने प्रवेशद्वारको पनि उद्घाटन गरेका छन ।

कार्यक्रममा प्रमुख जिल्ला ईञ्जिनियर रेवति रमण पराजुली, जगतभञ्ज्याङ गाविसका निवर्तमान गाविस अध्यक्ष नरप्रसाद रेग्मी, पूर्व गाविस उपाध्यक्ष पूर्णबहादुर गुरुङ, गाविस सचिव दुर्गाप्रसाद पौडेल, स्थानीय बुद्धिजिवी नरबहादुर पौडेल, वडा नागरिक मञ्च वडा नं. २ का संयोजक महेश गुरुङ, सुनिता गुरुङ, हिमकुमारी गुरुङलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

समुद्र सतहदेखि झण्डै १४ सय मिटरको उचाईमा रहेको आरुपाटामा विशेष गरी अर्गानिक कृषि, मौलिक संस्कृति, माटोका भाँडाद्वारा फिल्टर गरिएको पानी, थोपा सिंञ्चाई, सुधारिएको चुलो, आधुनिक मौरी पालन लगायतका विशेषता रहेका छन् ।

आरुपाटामा एउटा घरमा ४ जनाका दरले ४० जनासम्म बास बस्न सकिने बताईएको छ ।

धनमाया गुरुङको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम देउराली महिला कृषि सहकारी संस्थाकी अध्यक्ष चन्द्रकुमारी गुरुङको सभापतित्वमा सम्पन्न भएको हो भने सञ्चालन सस्थांकी सचिव छलिमाया राना मगरले र धन्यवाद ज्ञापन नवसृजना युवा क्लवका अध्यक्ष तीलक गुरुङले गरेका थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %