इन्दिरा रानामगर बालबालिका नोबेल पुरस्कारबाट सम्मानित

Read Time:2 Minute, 5 Second

राज्यसत्ता ,

स्टोकहोल्म , २९ अक्टोबर २०१४ –  इन्दिरा राना मगर बिश्व बाल बालिका क्षेत्रको नोबेल पुरस्कार बाट अनरेरी अवार्डले सम्मानित भएकी छीन ।

 

उनि प्रिजन एसिस्टेन्स (पीए) नेपाल नामक संस्था मार्फत विगत २० वर्ष देखि जेलमा रहेका बालबालिकाको शिक्षा र पालन पोषणका लागि काम गर्दै आएकी हुन । इन्दिराले जेल बाट करिव एक हजार भन्दा बढी बालबालिका हरुको उद्दार गरी तीन वटा बालगृह, दुई वटा स्कुल र युवा कार्यक्रम पनि संचालन गर्दै आइरहेकी छीन ।

साथै उनको समकक्षी जोन उड पनि अनरेरी अवार्डले सम्मानि भएका छन् । उनले १५ बर्ष देखि बालबालीकाको लागी इन्दीराले जस्तै काम गर्दै आईरहेका छन् । यसैको सम्मानार्थ दबैजनालाइ एक एक लाख यूएस डलरको पुरस्कारले सम्मान गरिएकोछ । यस्लाइ पनि बाल बालिका नोबेल पुरस्कार सरहनै  मानिन्छ ।

यसको नोबेल पुरस्कार भने पाकिस्थानका  मलालाले जितेकी छन् । उनि ११ बर्षको उमेर देखिनै यो कार्यमा होमिएका तालिवानका मुख्य निशाना बाट बँचेकी यो बर्षको नोबेल पुरस्कार बिजेता हुन् । स्मरण रहोस , यो पुरस्कार नेलशन मण्डेला, कोफी अन्नान जस्ता महान ब्याक्तित्व हरूले प्राप्त गरेका थिए ।

इन्दिरा राना मगरको अन्तरबार्ता केहि महिना पहिला राज्यसत्ताले छापेको थियो । फेरि पढ्नकोलागी यो तलको लिङ्क थिच्नुहोस । 

म बेसाहाराकी आमा–इन्दिरा राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %