निरमायाको लागि सहयोग आउने क्रम जारी

Read Time:9 Minute, 56 Second

– विनोद रखाली मगर

केहि महिना अगाडि मेरो खोजमुलक फिचर न्यूजको प्रभाव स्वरुप अपाङ्ग वालिका निरमायाको लागि सहयोग आउने क्रम जारी रहेको जानकारी गराइन्छ । हालै मात्र स्याङ्जा जगतभन्ज्याङ् निवासी हाल दक्षिण कोरीयामा रहनुहुने समाजसेवि मित्र वोमजन गुरुङ् ज्यूको पहलमा सहयोग सङ्कलन कार्य जारी रहेको अवगत गराइन्छ । साथै स्याङ्जा पिडीखोला पाडेँथोक निवासी हाल नेदरल्याण्डमा रहनुहुने आदरणिय मित्र केशवराज पाण्डे ज्यूले पनी सहयोग सङ्कलन कार्य अगाडी वढाउनुभएको खुसिको खवर प्राप्त भएको छ । यस अघि भैरहवा निवासी हाल कुवेतमा समाजसेवि माया मगर ज्यूले सहयोग हस्तान्तरण गरिसक्नुभएको जानकारी गराउन चाहन्छु । 
दक्षिण कोरीयामा सङ्कलित सहयोगका सहयोगदाताहरुको नामावली : 
बमजन गुरुङ – जगतभन्ज्याङ्ग -२, आरुपाटा, स्याङ्जा – २२,००० वोन
जगत राना – वालिङ -१, भकुन्डे, स्याङ्जा – २२,००० वोन
दलेन्द्र गुरुङ – जगतभन्ज्याङ्ग -२, आरुपाटा, स्याङ्जा – १०,००० वोन
मन्जुश्री मगर – वालिङ – ६ साठीघर, स्याङ्जा – १०,००० वोन
राजु काफ्ले – वालिङ – ८, त्रीयाशी, स्याङ्जा – १०,००० वोन
सुरज पोखरेल – किचनास-७ स्याङ्जा – १०,००० वोन
बिनोद थापा मगर – बिरुवा-५ ठुलो मोचाबारी, स्याङ्जा – १०,००० वोन
लिलजंग गुरुङ – भेडीफर्म-१८, पोखरा, कास्की – १०,००० वोन
कृष्ण गुरुङ – लेखनाथ-१, पटनेरी, कास्की – १०,००० वोन
युवराज पौडेल – होश्राङ्दी-५, पर्वत – १०,००० वोन
खगेन राई – टेम्मा-८, रिभु, खोटाङ – १०,००० वोन
धन बहादुर राई – नुम-२, संखुवासभा – १०,००० वोन
नबिन चापागाईं – – १०,००० वोन
लनम लामा – नाग्रे- ४,गगचे, काभ्रे – १०,००० वोन
काशीराम सापकोटा – धरमपुर-३, झापा – १०,००० वोन
बि. बि. सिंह – धनगढी-१, शिबनगर, कैलाली – १०,००० वोन
चेतराज पन्त – चिती-१, स्याउत, लमजुङ – १०,००० वोन
राजन शाह – ग्वादी-२, गुल्मी – १०,००० वोन
कुल संकलित रकम – २,०४,००० वोन

थप जानकारीको लागी तलको फिचर न्यूज पढ्नुहोस् ।
निरमायाको नाम्लो कसले फुकाइदेला ?
– विनोद रखाली मगर
=============
निरमाया सिंजालीमगर १४ वर्षकी भइन् । उनका दुवाली यतिबेला ७र८ कक्षा पढ्दैछन् । तर, निरमाया न स्कुल जान्छिन् न साथीभाइसँग रमाउँछिन् । हिँडडुल गर्न नसक्ने उनी बेलाबेला थरथर काम्छिन् । आँखा, मुख, हात अनि खुट्टा बर्टाछिन् । कहिले वेहोस हुने त, कहिले आफ्नै सुरमा रमाउँथिन् । अब निरमायाका लागि आफ्नै सुरमा रमाउन पनि नपाईने भएको छ । घरपरिवारले उनलाई केहि महिनादेखि पशुसरह झ्यालमा डोरी लगाएर बाँध्न थालेका छन् ।
न उनले भोक लागेको बेला खान पाउँछिन् । न प्यास लागेको बेला पानी । कठै, बोल्न सक्ने भए पनि पानी माग्दीहुन् ।
पिडीखोला –७ , सल्यान स्याङ्जामा विसं २०५६ मङ्सिर २२ गते भिमवहादुर सिङ्जाली मगर र हरिशोभाको सातौँ सन्तान निरमाया जन्मदै मानसिक रोगी थिइन् । ५ वर्षसम्म निरमायामा केहि परिवर्तन आउन नसकेपछि परीवार चिन्तामा डुब्यो । सुरुको केही दिन स्थानिय चण्डी प्राथमिक विद्यालयमा भर्ना गरिदिए अभिभावकले । घुडाँले टेक्दै भए पनि दाईदिदीहरुको सहाराले उनी स्कुल जान्थिन् । विद्यालयमा पनि उनलाई छुट्टै रेखदेख गर्नु पथ्र्यो । उनी न वोल्न सक्थिन् न लेख्न । राम्रोसंग हिँडडुल गर्न नसकेपछि उनलाई स्कूल लाने कोहि भएनन् । त्यसपछि उनी वेवारिसे हुन थालिन् । घरकाले वास्ता गर्न छाडे । उनको टाउको, खुट्टामा धेरै चोट लाग्यो । यसले रोगमाथी घाउँ थप्यो । केहि सिप नलागेपछि परिवारले झ्यालमा नाङ्लोले बाँधेर राख्न वाध्य भए ।
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सुविधा दिएको छ । विस। २०६६ पौष , १ गते उनका बुवा निरमायालाई काँधमा बोकेर स्याङ्जा सदरमुकाम पुगे । २ दिन लगाएर अपाङ्गता परिचय पत्र बनाए । कहिले आफ्नै सुरमा तोते वोल्ने, कहिले मुख वाङ्गो वनाउदै हाँस्ने निरमायालाई अति अशक्त अपाङ्गता, सुस्तमनस्थिती अन्तरगत ‘ख’ वर्ग को निलो कार्ड दिइयो । कार्ड हात परेपछि भिमबहादुरले छोरीको उपचारमा राहत मिल्ने भो भन्दै हौसिए । तर, आशामाथी निराशा थपियो । उपचार गर्न सहयोग खोज्दै विभिन्न सरकारी निकायमा गए पनि उनलाई रित्तो हात फकाईयो । सरकारले उपचारमा सहयोग नगरेपछि उनी चिन्तित छन् ।
पिडीखोला गाविसमा अपाङ् समुहको वजेट मार्फत २०६९ सालमा रु। एक हजार सिवाय केहि आर्थिक ,भौतिक सहयोग नपाएको गुनासो छ उनकी आमा हरिशोभाको । अपाङ्गता भएका , सुस्तमनस्थिती भएका व्यक्तिहरुको सहयोगको लागि नेपालमा च्याउ सरी उम्रिएका गैर सरकारी सस्थांहरु पनि छन् । निरमायाको उपचार सहयोगको लागि भने अहिलेसम्म कसैको नजर पुगेको छैन । निरमायालाई गरिविकै कारण उनको परीवारले ठुलो अस्पतालको मुख देखाउन पाएका छैनन् । ‘घरमा विभिन्न क्षेत्रका ठुलाठुला मान्छेहरु आउछन् , के के सहयोग गर्ने भनेर आश्वासन दिन्छन्’ निरमायाका आमा हरिशोभाले रुन्चे स्वरमा भनिन्,‘ तर ती सवै सपना मात्र भएका छन्, सहयोग नगर्नेले किन आस नदेखाउनु नी ?
निरमायाको उपचार गर्न स्थानिय विद्यालय, आमा समुह , युवा क्लवले सवै संघसंस्थासँग सहयोगको आह्रवान गरेको छ । भर्खर १४ वर्षकी वालिकाको आफ्नो उज्वल भविश्य निमार्ण गर्न सवैले सहयोग गर्नुपर्ने चण्डी प्राथमिक विद्यालयका शिक्षक कमल रखाली मगर बताउँछन् । ‘अपाङ्गता भएका व्यक्तिहरुको रेखदेखमा सरकारले चासो देखाउनुपर्ने हो’ उनले भने,‘यीनीहरुको लागि आउने सरकारी वजेट पनि सम्वन्धित व्यक्ति सम्म कहिल्यै पुग्दैन ।’
गाँउकै स्थानिय जनमुक्ति युवा क्लवले निरमायाको उपचारमा सहयोग गर्न क्लवले सवैसंग सहयोगको आह्रवान गर्ने जनाएको छ । क्लवका अध्यक्ष किरण रानामगरले निरमायाका जिवन रक्षाको लागि सहयोग गर्न सवैलाई आग्रह गरे । ‘सवैले केहि न केहि सहयोग गरे निरमायाले पनि विद्यालय जान पाउने थिइन’ उनले भने,‘यो उमेरमा पशु सरह बाधिनु पर्ने थिएन ।’ निरमायाको घरमा आयआर्जनको स्रोत केहि छैन । उनको बुबाले कर्मी काम गर्छन् । त्यो रकम घर खर्चमै सकिन्छ । परीवार ठुलो हुँदा झन् समस्या परेको छ ।
निरमायाको सहयोगको लागि :-
पत्रकार- विनोद रखाली मगर :- 9856051517
लक्ष्मि टेलिभिजन , स्याङ्जा :- 063-460201,063-460251
नाम्लोले वाँधिएकी अपाङ्ग वालिका निरमायाको लागी सहयोग हस्तान्तरण
विनोद रखाली मगर
स्याङ्जा , भाद्र १४
स्याङ्जा जिल्ला पिडीखोला ७, सल्यान गाँउ निवासी भिम वहादुर सिङ्जाली मगरका १४ वर्षकी अपाङ्ग छोरी निरमाया सिङ्जालीको लागी लागी सङ्कलन भएको सहयोग रकम रु.१२५०० एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । स्थानिय श्री जनमुक्ति युवा क्लवले आयोजना गरेको तिज विशेष कार्यक्रममा उक्त रकम सामाजिक अभियन्ता तथा सन्चारकर्मी विनोद रखाली मगरले हस्तान्तरण गरेका हुन् । रखाली मगरले अपाङ्ग वालिका निरमायाको अवस्थाको वारेमा लेखीएको समाचार मार्फत कुवेत रहनुहुने माया मगरले रु.१२,००० र गल्याङ् निवासी कमल वस्याल ले रु. ५०० गरी कुल रु.१२,५०० निरमायालाई हस्तान्तरण गरीएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %