जापनका मगरले द्यौँसी फाइलो मानए !

Read Time:2 Minute, 36 Second

दिलीप राना मगर

जापान , २८ अक्टोवर – नेपाल मगर संघ जापनको आयोजनामा अक्टोवर २५ तारीकको बेलुकि  टोयोटा शहर नान ते क्याफे रेस्टुएरेण्टमा तिहार कार्यक्रम सम्मपन्न भएको छ । 

  कार्यक्रमको  प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापनको महासचिव कान्छा शेर्पा रहेका थिए । बिशेष अतिथिमा संघका संरक्षक  भिजेन्द्रमान पुन मगर  थिए । अतिथिहरूमा शेर्पा संघ टोकाइ , जापानका अध्यक्ष  पेम्बा शेर्पा , थकाली संघ टोकाइ , जापनको चन्द्र थकाली , भरखरै मात्र जापन प्रवेश गरेका  नेपाल मगर बिधार्थी संघ कास्कीका पूर्व अध्यक्ष गम्बिर राना मगर , पत्रकार तथा फोटो ग्राफर जापानका  निशान राना मगर , संघका निबर्तमान अध्यक्ष दिलीप राना मगर , भूपू अध्यक्ष श्याम राना मगर र कलाकार भुवन सिं थापा मगर रहेका थिए ।

 

संघका अध्यक्ष कौढा बुढा मगरको सभापतित्वमा उपाध्यक्ष श्रीपुन मगरले  उपस्तिथि पाहुँनाहरुलाइ स्वागत भाषण गरेका थिए भने संघका महासचिव धन कुमार बुढा मगरले कार्यक्रम संचालन गरेका  थिए । तिहार पर्व कहीले र कसरी यस्को प्रचलनमा आयो भन्ने छोटकरीमा संघका संरक्षक भिजेन्द्रमान पुन मगरले उपस्थित पाउनाहरुमा प्रस्ट पारेका थिए । भने उपस्थित पाउनाहरुलाइ गाएक भुवन सिं थापा मगरले आफ्नो कलात्मक स्वरले बेजोड सांगेतिक मंनोरंजन दिलाउँन सफल भएका थिए । 

 अन्तयमा कार्यक्रमको समापन हुनु अगाडी संघका अध्यक्ष कौढा बुढा मगरले उपस्थित पाउनाहरुमा हार्दिक शुभकामना र धन्यबाद ब्यक्त गर्दै उपस्थित चेलीबेटीहरुलाइ दक्षिणा दिदै चेली माइतीको सद्भावना संबन्धलाइ अझ प्रगढ बनाउँन सप्तरंगी टिका र फुलमाला लगाएर नेपालमा रहेका दिदीबहिनीहरु लाइ एकछिन बिर्साइ दिएका थिए । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %