पत्रकारले नै महजोडीलाइ मल्खाद्मा फालीदिए

Read Time:5 Minute, 30 Second

पहिचाँन र संधियताबादिलाइ संधियता बिरोधी पत्रकारले हानेको गोलीले महजोडीलाइ त मल्खाद्मा पुर्यायो,पुर्यायो तर ,त्यो गोलीले आफै पत्रकारलाइ लागेर धायल भएको पत्तो पाए , पाएनन् समयलेनै बताउँला । तर पनि सामाजीक संजालमा हिजोको दिनभरिनै बजारमा खुब चर्चा पायो यो बिषयले । आदिबासि जनजाति महाँसंघ अमेरिकाका महासचिब मानबहादुर राना मगरले यसै संजाल मार्फत राख्नु भएको सत्यतथ्य बक्तब्य हुबहु याँहा पोस्ट गरिएकोछ ।

बास्तबिक्ता र बजारको हल्ला….

न्यूयोर्क , २२ अक्टोबर – अहिले मह-जोडी र आदिवासी जनजाति महासंघ अमेरिका खुबै चर्चाको बिषय बनेको छ । 

हिजोको दिनमा कैयौ कार्यक्रमहरु सम्पन्न हुँदा पनि तातो न चिसो हुने न्युयोर्कका केहि साथीहरु (सहदेब पौडेल, अनिल जंग शाही, योगेश आदि, बिजय पौडेल) मह-जात्रा न्युयोर्कको दोस्रो कार्यक्रम पछि अत्यन्त रहस्यमय रुपमा फेसबुक मार्फत बहसमा उत्रदा फेसबुक बजार राम्रै तातेको छ , अब तात्नु पनि पर्छ ।

उक्त बजारे बिषयको बारेमा कार्यक्रम आयोजक ज्युहरुले बारम्बार कार्यक्रमको बारेमा छलफल गरौ भन्नु भए पछि हामी (मणि बांग्देल र मान बहादुर रानामगर) ले पनि आयोजकहरु: भुवन अधिकारी, शहकुल खत्री, मोहन ज्ञावली, पत्रकार भोला आचार्य, रभि लामिछाने र कलाकार हरिबंश आचार्य सहित थुप्रै कलाकार तथा रिजउडका साथीहरु सहित कुराकानी भएको हो ।

 

हामीले कुराकानीको क्रममा वहाहरुलाई बाहिर सामाजिक संजालमा आएको संघियता विरोधीको रुपमा आएको प्रचारबाजीहरुको बारेमा स्पस्ट पार्दिनु भए कार्यक्रमलाई अझै बढी सहयोग पुग्ने बिचार राखेका हौ । हाम्रो कुरा सुने पछि वहाँहरु कार्यक्रम प्रति चासो राख्दै छलफलमा आईदिनु भएको प्रति खुशी ब्याक्त गर्दै सामाजिक संजालहरुमा भएको दिग्भ्रमित कुराहरु प्रति स्पस्ट पार्न प्रेस-बिज्ञप्ति निकाल्न तयार हुनु भएको हो र सो बिज्ञप्ति कलाकार हरिबंश आचार्य ज्युको सहयोगमा पत्रकार भोला आचार्य जीले टाईप गर्नु भएको हो । जुन समाचार सबै भन्दा पहिला भोलाजी ले नै सम्प्रेषण गर्नु भएको हो ।

अब भन्नुहोस् साथीहरु बिज्ञप्ति कसले तयार पारेर लगेर हस्ताक्षर गर्न लगाए होला ?? कार्यक्रमको दोस्रो सस्करणको समापन पछि यो समाचार बडो गम्भीर रुपमा बंग्याएर बाहिर आउँनु र ल्याउनु आफैमा रहस्यमय मात्र नभई संघियतामा प्रतिबध्दता जनाएको प्रति कटाक्ष गर्दै महजोडीको खिल्ली उडाउँने काम भएको छ । जहासम्म आदिवासी जजजाती महासंघ र महासंघका पदाधिकारीहरुको बारेमा साथीहरु कुरा स्पस्ट छ ।

महासंघले बिगत देखिनै पहिचान सहितका संघिय गणतन्त्रको पक्षमा नेपालको सम्माननिय प्रधानमन्त्री, माननीय मन्त्रिज्युहरु लगायत बिभिन्न बिचारधारका नेता तथा बुध्दिजीबीहरु संग छलफल तथा बहस गर्दै आएका छौ र जस्तो सुकै परिस्थितिमा पनि हामी हाम्रो माग, मुद्दा र बिचारमा स्पस्ट थीइउ, छौ र रही रहन्छौ ।

जहाँ सम्म न्युयोर्कका केहि साथीहरु (सहदेब पौडेल, अनिल जंग शाही, योगेश आदि, बिजय पौडेल जी) लगायत थुप्रै साथीहरुको बिचारहरु प्रति हामी अप्रत्यक्ष रुपमा जानकार छौ र पनि यसरी सतहमा आएर फेसबुक मार्फत आफ्नो बिचार ब्याक्त गरि यो बिषयलाई बृहत छलफल र बहसको बिषय बनाई दिनु भएको प्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब हामी ढुलमुल भएर, दिग्भ्रमित बनाएर, बिचमा बसेर दोहोरो फाईदाको प्रतिक्षामा बस्ने भन्दा पनि आफ्नो बिचारलाई स्पस्ट कित्तामा लगेर यसरी नै बहस गर्दा समस्याको सामाधान निकाल्न सजिलो हुन्छ । त्यसैले अझै पनि हामी बहसको लागि सार्बजनिक रुपमै पनि राउन्ड टेबल छलफल मा बस्न तैयार छौ  ।

मानबहादुर रानामगर (मह-जोडी संगको छलफलमा महासंघको तर्फको एक सहभागी,उनि निफिनका महासचिब हुन्)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %