विनोद रखाली मगर
गल्याङ् , कात्तिक ५ – गल्याङ् भु.पू. सैनिक माध्यामिक विद्यालय जगत्रदेवि ८ गल्याङ्मा ‘स्पोर्ट मिट’ सम्पन्न भएको छ ।
विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत ३ दिन सम्म सन्चालन भएको उक्त खेलकुद कार्यक्रम कात्तिक ३ देखि सुरु भै ५ गते सकिएको विद्यालयको अतिरित्त क्रियाकलाप विभागले जनाएको छ । ‘स्पोर्ट मिट’ को समापन गर्दै विद्यालयका कार्यकारी प्रध्यानध्यापक गोपाल गाहा मगरले विद्यार्थीको अन्तरनिहीत खेलकुदका प्रतिभाहरुलाई उजागर गर्न कार्यक्रम आयोजना गरिएको वताए ।
‘स्पोर्ट मिट’ अन्तरगत कक्षा नर्सरी, एल.के.जी. , यु.के.जीका विद्यार्थीहरु वेलुन फुटाउने, मिठाई खाने , कक्षा १ देखि ३ सम्म चम्चा दौड, भाले जुधाई , सियो धागो , माध्यामिक तह तर्फ भाले जुधाई, खो खो , भलिवल खेलमा प्रतिस्प्रर्धा गरेका थिए । खेल अवधिभर सन्चालित भएका खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्दै कक्षा ९ ले उत्कृष्ट कक्षाको अवार्ड हात पारेको छ । उसले छात्रा तर्फ खो खो खेलमा कक्षा ७ लाई अन्तिम चरणमा पराजित गरेको थियो । यस्तै कक्षा ९ ले भलिवल तर्फ कक्षा ८ लाई पराजीत गर्दै प्रथम भएको थियो ।
विद्यालयको वार्षिक कार्यक्रम अन्तरगत यी खेलहरु सन्चालन भएको विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख विनोद रखाली मगरले जानकारी दिए ।
