मिस मगरका सहभागिद्धारा आर्थिक सहयोग

Read Time:1 Minute, 39 Second

सन्जोग लाफा मगर

सुसारे–१ बुङकोट, गोरखा निवासी २४ बर्षिया अम्बिका थापा मगर दुइ बर्षदेखि मानसिक समस्याको कारणले एउटै कोठामा थुनिएर बसेकी थिइन ।

  शरिरमा कपडा विहिन दिसापिसाब सहित गुन्द्रीमा त्यहिं सुत्ने गर्थिन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न नसकेको कारण नारकीय जीवन बाँच्न बाध्य भएकी थापा मगरलाई सहयोगि मनका धनि विजय थापा मगर र डा. अजय थापा मगरले शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा उपचार गराइरहेको छ ।

विरामीको उपचार सहयोगको लागि मिस मगर २०१४, वेष्ट डान्स, वल्क टाइटल विजेता सरुपा थापा मगर, वेष्ट कन्फिडेन्स टाइटल विजेता सिर्जना बुर्जा मगरको पहलमा नेपाल मगर संघ, नगर समिति धरानको सहयोगमा संकलित रकम रु. २६,०००– शिक्षण अस्पतालमा उपचार गराइरहेकी अम्बिका थापा मगरलाई मिस मगरका सहभागी सरुपा र सिर्जनाले रकम हस्तान्तरण गरेका थिए ।

आर्थिक अभावमा उपचार नभएर दुई वर्षदेखि घरमै थुनिएकी अम्बिकालाई विजय थापा मगर र डा. अजय थापा मगरले शिक्षण अस्पतालमा ल्याएर उपचार गराइरहेका छन् । उपचार शुरु भएपछि अम्बिकाको स्वास्थ्यमा सुधार देखिएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %