मनोज घर्तीमगर
बाक्लो मगर बस्तीको रुपमा परिचित तनहुँको अरुणोदय गाउँ विकास समिति स्थित रघु गाउँका बासिन्दाले देशविदेशका पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर भएको बताएका छन् ।
सन् २००१ मा पहिचान गरिएको सहस्राब्दी पदयात्रा मार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पछिल्लोपटक उक्त गाउँ समेत समेटिएपछि गाउँलेहरुले त्यस्तो इच्छा व्यक्त गरेका हुन् । स्याङ्जा र तनहूँका दश गाविस समेटेको उक्त पदयात्रा मार्गलाई पुनः सञ्चालन गर्ने प्रयास पछिल्लोपटक थालिएसँगै रघु गाउँका बासिन्दामा पनि सेवासत्कार सम्बन्धी कर्ममा जाँगर चल्न थालेको हो ।
