एसजिआइ नेपालले २०औ वार्षिक उत्सव मनायो

Read Time:4 Minute, 54 Second

दिल प्रसाद थापा

काठमाडौ । एसजिआई (सोका गाकाई इन्टरनेशनल) नेपालले आफ्नो २०औ बार्षिक उत्सव काठमाडौमा असोज ३० गते देखि कार्तिक १ गते सम्म ३ दिन भव्यताको साथमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।

तिन दिने कार्यक्रमको मुख्य आर्कषणका व्यक्तित्व तथा प्रमुख अतिथी सिङ्गापुर बाट आउनुभएका सोका गाकाई इन्टरनेशनका (एसजिआइ ) भाइस जेनेरल डाइरेक्टर ओङ बोङ चाई को उपस्थिती विशेष उपस्थिती रहेको थियो ।

उत्सव कार्यक्रमको पहिलो दिन विहिबार बागमती सफाइ अभियान कार्यक्रम अन्तरगत वातावरण सम्बन्धी कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको थियो जसको प्रमुख अतिथीको रुपमा कवि माधव घिमिरे रहेका थिए । एसजिआइ नेपालले बागमती सरसफाई अभियानमा विगत एक वर्ष अघि देखि संचालन गर्दैै आइरहेको बागमती किनारमा सबै भन्दा पहिले लोटस बारी नामक पार्क निर्माण गरेर उदाहरणिय काम गरेको थियो ।

उत्सवको दोस्रो दिन शुक्रबार सास्कृतीक कार्यक्रम जमलको राष्ट्रिय नाचघरमा भएको थियोे । उक्त कार्यक्रममा विभिन्न जातजातिको सास्कृती झल्काउने भेषभुषमा नृत्य प्रस्तृत गर्नुका साथै नाटक, वृतचित्र तथा एसजिआइमा अवद्ध भए पछिका अनुभव सुनाइएको थियो । उक्त कार्यक्रमको अध्यक्षता एसजिआइ नेपालको अध्यक्ष साहाना श्रेष्ठले गरेका थिए भने प्रमुुख अतिथी ओङ बोङ चाई रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य अञ्जली बस्नेतको रहेको थियो भने कार्यक्रमको संचालन अनिना महर्जन र बुद्धि गुरुङ्गले गरेका थिए । कार्यक्रममा एसजिआई बुद्धिजमको दर्शनलाई फैलाउन सफल भएका व्यक्तित्वहरु दुर्गा राज बाहक, अर्जुन रखाल मगर , बसन्ती लामा, दिनेश याल्मो, डा. कृष्ण शर्मा , कमला ढवाडी, मनिसा महर्जन , मटिना शाक्य, मुसहाङ्ग झेडीलाई अवार्ड दिएर सम्मान गरिएको थियो । त्यसैगरि एसजिआई विशेष मेडल तथा एवार्ड पाउनेहरुमा नविन मानन्धर, सविना श्रेष्ठ , उज्जवल नयन रञ्जित , युरिका शाक्य रहेका थिए ।

अन्तिम दिन शनिबार एजिआइ पिस सेन्टर, खाइकान (गुम्बा)मा एसजिआई अध्यक्ष दाई साकु इकेदाले उठाएका शान्ति प्रतिवेदन माथि विभिन्न व्यक्तित्वहरु बिच अन्तरक्रिया कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लिलामणि पोखरेल, जापानका पुर्व राजदुत तथा प्रोफेसर डा. केदार भक्त माथेमा, डां राजु अधिकारी तथा कृषी विशेषज्ञ डा. तेज थापा मगरले प्रतिवेदन माथी छलफल तथा प्रश्न उत्तर गरेका थिए । कार्यक्रम संचालन न्युरो सर्जन डा. कृष्ण शर्माले गरेका थिए । कार्यक्रममा देश तथा विदेशका एसजिआइ सदस्यहरुको सहभागिता रहेको थियो ।

सोका गाकाई इन्टरनेशनल भनेको जापानिज बुद्धिष्ट सस्था हो जसको मुख्य उद्देश्य विश्वमा बुद्धिजम् को माध्यमबाट शान्ती समृद्धी र मानव क्रान्ति मार्फत मानवताको शिक्षा फैलाएर विश्वमा द्वन्द रहित समाजको निर्माण गर्नु हो । एसजिआई बुद्धिजम्को दर्शनलाई आत्मसात गर्नेहरुमा नोवेल पुरस्कार विजेता वाङगारी माथाई , इटालीका पुर्व फुटवल क्यापटेन रोवोटो वाजियो तथा हलिउडका गाइका टिना टर्नर आदि हस्तीहरु रहेका छन र अहिले विश्व भरिका १९२ राष्ट्रहरुमा स्थापित भएको छ । संयुक्त राष्ट्र संघलाई हरेक वर्ष शान्तीको प्रतिवेदन बुझाएर विश्व शान्तिका उल्लेखनिय योगदान दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %