स्याङ्जामा भू.पूको भेला , अव चुप लागेर नबस्ने : कर्णेल थापा

Read Time:3 Minute, 6 Second

विनोद रखाली मगर

गल्याङ्, कात्तिक २ – भाल्थुम भु.पू. सैनिक कल्याणकारी संस्था पिडीखोला स्याङ्जाको वृहत भेला चितुङ्मा सम्पन्न भएको छ । भेलाको उद्धघाटन गर्दै पूर्व सैनिक कल्याणकारी महासंघका केन्द्रीय अध्यक्ष कर्णेल धनवहादुर थापा मगरले अहिले भू.पू. सैनिकहरु पेन्शन प्राप्त गर्ने कार्यमा निकै समस्यामा परेको उल्लेख गर्दै युद्धको क्रममा विना शर्त भर्ती गर्ने अहिले पेन्शन दिन आलटाल गर्ने कार्यको चर्को विरोध गरे । थापाले अव भू.पू. सैनिकहरु एकजुट हुनुको विकल्प नभएको भन्दै नेपाल सरकार गृहमन्त्रालय , भारतिय दुतावासमा डेलिगेशनमा जाने तयारीमा रहेको उल्लेख गरे ।

भू.पु. सैनिक विकाश एव.कल्याणकारी संघ वालिङ्का अध्यक्ष क्या. डिलवहादुर थापा मगरले भारतीय सरकारले नेपाली पूर्व भारतीय सैनिक माथि गरेको अमानविय व्यवहारका विरुद्धमा दुवै देशका कुटनिटिज्ञ राजनितिक पार्टी र सम्वन्धित नेपाल सरकारका कार्यालयहरुलाई समस्या समाधानका लागी सहयोग गर्न अपिल गरे । भू.पू. सैनिक विकाश एव.कल्याणकारी संघ गल्याङ्का अध्यक्ष सु.चन्द्रवहादुर रखाली मगरले भू.पू. सैनिक तथा उनका आश्रित परिवारले पेन्शनको लागी जिल्ला प्रशासन कार्यालय ,पिपिओ पोखरा तथा विभिन्न सम्वन्धित कार्यालयहरुवाट भएका दुख र पिडालाई समाधान गर्न सवै पक्ष सक्रियता पूर्वक अगाडि वढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भू.पू.सैनिक विकाश तथा कल्याणकारी संघ वालिङ्का सचिव सिता थापा मगर , सु. लालवहादुर गुरुङ् , सु. निमवहादुर गुरुङ् , सु.सालवहादुर राना मगर , लगाएतले भू.पू सैनिकका विभिन्न समस्या तथा समाधानका लागी आवश्यक तर्कहरु पेश गरेका थिए । पिडीखोला, सिर्सेकोट तथा निवुवाखर्क गाविसका दजर्नौ भू.पू. सैनिकहरुको सहभागिता रहेको उक्त कार्यक्रम सु. रामवहादुर थापा मगरको स्वागत सङ्गै सुरुभै ह.नरवीर गाहा मगरले सन्चालन गरेका थिए ।

कार्यक्रमको अध्यक्षता भाल्थुम भु.पू. सैनिक विकाश तथा कल्याणकारी संघका अध्यक्ष गुप्तवहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %