सहकारीको विकासले मात्र देशको विकास

Read Time:2 Minute, 51 Second

गोविन्द घर्ती
देवदह कार्तिक १ । कर्षिलाई व्यवसायीकरण गर्न सहकारीहरु लाग्नु पर्ने राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेशप्रसाद पोखरेले बताएका छन । पोखरेले सहकारीको विकासले मात्र देशको विकास हुन सक्ने भएको हुदा पारदर्शि तरिकाले सहकारी संचालन गर्नु पर्नेमा जोड दिए । अध्यक्ष पोखरेलले राज्यले सहकारीलाई लगाईएको कर व्वहारिक नभएको कारण पुनः विचार गर्नु पर्नेमा जोड दिएका थिए । रुपन्देहीको देवदहमा आयोजित कोलिय बचत तथा ऋण सहकारी संस्थाको आठौ साधारणसभा तथा पाचौ अधिवेशनलाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताएका हुन । पोखरेले सहकारीको मूल्यमान्यता र सिद्धान्त अनुसार अगाडि बढ्न सके मात्र सहकारीहरुले फड्को मार्न सक्ने बताएका थिए । अध्यक्ष पोखरेलले सहकारीले आफना शेयर सदस्यहरुलाई व्यवसायीक बनाउन मद्दत गर्नु पर्नेमा जोड दिए । सोही अवसरमा बोल्दै नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य कृष्ण नेपालले योजना बनाएर योजना अनुसार सहकारीहरु अगाडि बढ्नु पर्नेमा जोड दिए । नेपालले उत्पादनमुलक कार्यमा सहकारीले लगानी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश अर्यालले बार्षिक प्रतिवेदन तथा कार्ययोजना, सचिव भिम गुरुङ्गले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सुवकान्त न्यौपानेले आर्थिक प्रतिवेदन र लेखा संयोजक हरीप्रसाद पाण्डेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका पुर्व संचालक तथा लेखा समितिका पदाधिकारी, जेष्ठ नागरिक, प्रवेशीका परिक्षा विशिष्ठ श्रेणीमा उतिर्ण भएका विद्यार्थी र संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष प्रकाश अर्यालको अध्यक्षता, उपाध्यक्ष रमादेवी न्यौपानेको स्वागत र सचिव भिमप्रसाद गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %