पहिचान पक्षधर २२ दलको शक्ति प्रदर्शन(भिडियो सहित)

Read Time:2 Minute, 6 Second

देब पचभैया

काठमाडौं, ३१ असोज – एमाओवादीलगायतका साना २२ दलीय मोर्चाले राष्ट्रिय सहमतिको आधारमा संघीय संविधान जारी गर्नुपर्ने माग राख्दै शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् ।

 

मध्यान्ह १२ बजे भृकुटीमण्डपबाट सुरु भएको उक्त विरोध र्याली बसन्तपुर, जमल र त्रिपुरेश्वर हुँदै दिउँसो एक बजे खुल्ला मञ्चमा पुगी सभामा परिणत भएको थियो । विरोध कार्यक्रम वरिष्ठ अधिकारकर्मी पद्मरत्न तुलाधरको नेतृत्वमा सम्पन्न भएको हो । विरोधसभालाई सम्बोधन गर्दै नेताहरुले १२ बुँदे सहमति, आदिवासी जनजाति, मधेसीसंग भएका सहमति र सम्झौता कार्यान्वयन नगरेकोप्रति आपत्ति प्रकट गरे ।

विरोधसभामा एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतीय पहिचानलाई कुनैपनि हालतमा नस्वीकार्ने बताए । संघीयसमाजवादीका अध्यक्ष अशोक राईले पहिचानसहितको संघीयता संविधानका लागि सदन र सडक दुबै मोर्चाबाट संघर्ष गर्न बाध्य हुने चेतावनी दिए ।

विरोध प्रदर्शनमा एनेकपा माओवादी, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, पहिचानमा आधारित संघीय गठबन्धनमा आबद्ध आदिवासी जनजाति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी लगायतको सहभागिता रहेको थियो । विरोधसभामा दशौ हजारौंको संख्यामा पहिचान पक्षधरहरुको उपस्थिती रहेको थियो ।

भिडियो हेर्न यो तलको लिङ्क थिच्नुस:

https://www.facebook.com/video.php?v=867211076625077

https://www.facebook.com/video.php?v=944721298875761

https://www.facebook.com/video.php?v=1487076641576312

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %