आन्दोलनकारी र प्रहरी आमने सामने

भिम बरही मगर, अक्टोवर १७, हंगकंग, प्रजातन्त्रको लागि हंगकंगमा भैरहेको आन्दोलन मंगकोक कब्जा, अर्न्र्तगत मंगकोक मुख्य चोकमा कब्जा जमाएर वसेका आन्दोलनकारीहरुको टेन्ट तथा त्रिपाल प्रहरीले हटाएको छ । तर आन्दोलनकारी शान्त तथा शलिन रुपमा मंगकोक कब्जा गरी प्रहरीसँग आमने सामने भएर बसीरहेका छन ।

पहिले आन्दोलकारीलाई प्रहरीले अश्रुग्यास हानेर तितर वितर बनाउन खोजे पनि आज भने आन्दोलनकारी विच ठुलो परीणाममा प्रहरी तैनाथ भएको छ । भिडन्त हुने स्थिति भने सृजना भैसकेको छैन । झन्डै तिन साता बित्न लाग्दा पनि आन्दोलकारीको मागको कुनै सुनुवाइ भएको छैन ।

हंगकंगमा यसरी बरिष्ट प्रहरी निरीक्षक सडकमा कुनै कार्यक्रममा पनि देखिदैनथे तर अहिले यसरी सडकमा तैनाथ छन माथि फोटोमा देख्न सकिन्छ ।

 

फोटो हेर्नलार्इ तल थिच्नुहोस

 

हंगकंगमा भैरहेको आन्दोलन, १७ अक्टोवर बेलका १० बजेको स्थिति प्रहरी र आन्दोलनकारी आमने सामने