सहकारीमा सरकारी कर चर्को

Read Time:2 Minute, 47 Second

गोविन्द घर्ती
देवदह आश्विन ३० । समुदायमा आधारित सहकारीहरुलाई राज्यले कर मुक्त गर्नुपर्ने कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश अर्यालले बताएका छन । सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा तथा पाचौ अधिवेशनको तयारीको सम्वन्धमा रुपन्देहीको देवदहमा आयोजित पत्रकार सम्मेलनमा अर्यालले उक्त कुरा बताएका हुन । अध्यक्ष अर्यालले सहकारी गरिवी न्यूनिकरणको लागि लागिरहेको अवस्थामा मुनाफा भन्दा बढि राज्यलाई कर तिनुपर्ने भएकोले सहकारीको विकास राम्रो संग हुन नसक्नेमा जोड दिएका थिए । पत्रकार सम्मेलनमा रुपन्देहीको उत्तरपुर्वी क्षेत्रमा रहेको कोलिय ऋण तथा सहकारी संस्था यस क्षेत्रकै ठूलो सहकारी संस्था भएको दावी गरेका थिए । संस्थामा हाल १२ सय १२ महिला, ८ सय ९५ पुरुष, संस्थागत ७ वटा गरी २१ सय १४ जना शेयर सदस्य रहेको अध्यक्ष अर्यालले जनाकारी गराका थिए । सो अवसरमा शेयर पुजी करिव १ करोड १० लाख, बचत निक्षेप १० करोड २७ लाख, कर्जा लगानी १० करोड १२ लाख रहेको जानकारी गराईएको थियो । कोलिय बचत तथा ऋण सहकारी सस्थाले आर्थिक बर्ष ०७०/०७१ मा २८ लाख ५४ हजार खुद नाफा कमाउन सफल भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । साधारणसभा तथा अधिवेशनको अवसरमा असोज ३१ ग्ते सहकारीमर्कीहरु वीच अन्र्तक्रिया, कार्तिक १ गते नेपाल रेडक्रस सोसाईटी देवदह शाखा र कोलिय सकोसको सहकार्यमा रक्तदान कार्यक्रम र सोही दिन मुलसमारोह रहेको अध्यक्ष अर्यालले जानकारी गराएका छन । मुलसमारोहलाई राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेश प्रसाद पोखरेलले सम्वोधन गर्ने कार्यक्रम रहेको जानकारी गराईएको थियो । सहकारीका सचिव तथा प्रचार प्रसार उपसमिति संयोजक भिमप्रसाद गुरुङ्गको अध्यक्षता, उपाध्यक्ष रमादेवी न्यौपानेको स्वागत र कोषाध्यक्ष सुवकान्त न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %