भैरब आङला, धरान
उदीयमान गायिका सीता सिंगकको लिम्वू गीतहरुको संगालो फेदापहाङमाको आज देखि छायङकन सुरु भएको छ ।
मंगलवार धरानको घण्टाघरवाट सुरु भएको फेदापहाङमा लिम्वू गीतहरुको संगालोमा गायिका सीता सिंगकको स्वर रहेको छ । सीता सिंगकको ६ वटा गीतहरुको पूर्वको धरान, धनकुटा र तेह्रथुमका विभिन्न गाउहरु सम्म पुगेर छायङकन गरिने निर्देशक रवि सेर्माले बताए । ६ वटा गीतहरु मध्ये २ वटा गीतको विष्णु सिंगकले निर्देशन गर्ने र वाकी ४ वटाको रवि सेर्माले निर्देशन गर्ने जनाईएको छ । फेदापहाङमा लिम्वू गीति संग्रहमा येहाङ लावती,यासेली योङहाङ, वालकृष्ण मावुहाङ, लीला सिंगक, फुङसा पन्धाक र प्रेम निङलेखुको शव्द रहेको छ भने राजु आङदेम्वे, ईमेहाङ सेत्लीङ र खगेन्द्र पन्धाकको संगित रहेको छ । लिम्वू भाषा संस्कार संस्कृतिको उजागर गर्ने उद्देश्यले छायाङकन सुरु भएको सो फेदापहाङमामा सीता सिंगक, सुष्मा यक्सो, सृर्जना निङलेखु, कविता माखिम, पदमा सिंगक, वरध्वज ओख्रबो, रामसिंह तुम्वाहाम्फे, श्याम लिम्वू र सागर याङहिम्वाङको अभिनय रहेको निर्देशक विष्णु सिंगकले बताईन । करिव ६ लाख रुपैयाको लागतमा निर्माण हुने सो लिम्वू गितिसंग्रहको भिडियो पुष सम्ममा दर्शक स्रोतामा ल्याउने वताईएको छ । क्यामेरामा सौरभ लामा र मेकपमा प्रेम लामा रहेका छन् ।
