मोर्चाको चौथो राष्ट्रिय महाधिवेशन तनहुको दमौलीमा हुने

Read Time:1 Minute, 50 Second

दिल प्रसाद थापा

बुटवल , असौज २७ – राष्ट्रिय युवा मोर्चाको केन्द्रीय कार्यसमितीको १० औ केन्द्रीय बैठक शनिबार २५ गते बुटवल स्थित लुम्बिनी राज्य परिषदको कार्यलयमा विभिन्न ऐतिहासिक निर्णय गर्दै सम्पन्न भएको छ ।
Thapa Hum's photo.   
उक्त बैठकबाट राष्ट्रिय युवा मोर्चाको चौथो राष्ट्रिय महाधिवेशन तनहुको दमौलीमा २०७१ साल चैत २७,२८  र २९ गते गरिने निणर्य गरेको छ । मोर्चाले संगठन विस्तार अभियानलाई द्रृत गतिमा अगाडी बढाउने साथै मातृ पार्टी राष्ट्रिय जनमुक्ति पार्टीको हरेक निर्णयलाई आत्मसात गर्दै मुलुकमा पहिचान सहितको संघियता, संघियता सहितको संविधान समयमै जारी गर्न न्यायिक संघर्षका अभियान संचालन गर्ने निर्णय केन्द्रीय बैठकमा भएको छ ।

बैठक मोर्चाका केन्द्रीय अध्यक्ष राजेन्द्र राई अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष ममता बुढाथोकी र कार्यक्रम संचालन केन्द्रीय सचिव लाल बहादुर गोतामेको रहेको थियो ।

बैठकमा युवा मोर्चाको कार्यक्रम सम्बन्धी छलफल र विगतमा भएका कार्यक्रमहरुको समिक्षा गरिनुका साथै देश विकास सम्बन्धी युवा नितीको बारेका छलफल भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %