बृद्ध बृद्धालाई सम्मान गरियो

Read Time:2 Minute, 16 Second

देब पचभैया

पाल्पा, असोज २७ – २४ औ अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आज पाल्पाको तानसेनमा ३६ जना बृद्ध बृद्धालाई सम्मान गरिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की, स्थानिय बिकास अधिकारी कृण्ण पाण्डे लगाएतले सम्मान गरेका हुन् ।
 
जिल्ला जेष्ठ नागरिक कल्याण समाज, जेष्ठ नागरिक समाज पाल्पा र जेष्ठ नागरिक संघको आयोजनामा भएको कार्यक्रममा जेष्ठ नागरिहरुले आफ्ना भोगाईका बारेमा बताएका थिए । सम्मान कार्यक्रमलाई जिल्ला बिकास समिति, तानसेन नगरपालीका, महिला बिकास कार्यालय लगाएतका संघ सस्थाहरुले सहयोग गरेका थिए । तानसेनको नगरपालीका हलमा भएको सम्मान कार्यक्रममा बृद्ध बृद्धाहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

स्थानिय बिकास अधिकारी कृण्ण पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की, चोलेश्वर शर्मा, बरिष्ठ पत्रकार मेघराज शर्मा, द्धारिका शर्मा, उमानाथ आत्रेय, डाक्टर झपेन्द्र ढकाल, पशुपति भट्राई,महिला बिकास अधिकृत तुल्सा अर्याल लगाएतले बोलेका थिए ।

कार्यक्रममा बोल्नेहरुले बृद्ध बृद्धाहरुलाई सरकारले दिदै आएको सेवा सुबिधाको बारेमा परिवार र टोल छिमेकमा रहनेहरुले पनि जानकारी दिनुपर्ने बताएका थिए ।
सरकारले स्वास्थ्य उपचार, यातायातका साधन लगाएतका क्षेत्रमा दिदै आएको सेवा सुबिधाको बारेमा धेरैलाई जानकारी नभएको उनीहरुले बताएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %