देब पचभैया
पाल्पा, असोज २७ – पाल्पाको रामपुरमा लुटपाट गर्ने समुहले एक महिलाको हत्या गरेका छन् ।
रामपुर ७ बेझाड बजार निबासी कोपीला देबी मल्लको हत्या भएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । आज (सोमबार) दिउसो एक बजे तिर घरमा एक्लै बसीरहेकी मल्ललाई लुटपाटको लागी एक्कासी घरमा पसेका ३ जना लुटेराहरुको समुहले छुरा प्रहार गरेका थिए ।
छुरा प्रहरा पछि गंभिर घाईते भएकी मल्ललाई उपचारको लागी रामपुर अस्पताल लैजाने क्रममै ज्यान गएको ईलाका प्रहरी कार्यालय रामपुरका सई केशर बहादुर थापाले जानकारी दिए ।
घटनामा संलग्न भारत पटनाबिहारका १९ बर्षिय कृण्णा शाहनालाई स्थानियले पक्राउ गरेका छन् । स्थानियको आक्रमणबाट उनी पनि घाईते भएको र घटनामा संलग्न रहेको आसंकामा रामपुरकै किशानबारीबाट अन्य चार जना पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरु सबै भारतका हन् ।उनीहरु रामपुर क्षेत्रमै पेन्टरको काम गर्नेहरु रहेका स्थानियले बताएका छन् । सोमबार हुने रामपुर बजार बन्दको मौकामा उनीहरुले लुटपाटको योजना बनाएका थिए । उनीहरुलाई पक्राउ गरी जिल्लामा ल्याई थप अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।
श्रीमान मालपोतमा कर बुझाउन गएको बेला एक्लै घरमा रहेकी मल्ललाई लुटेराहरुले आक्रमण गरेका थिए ।
रामपुरको ब्यस्त बजार राष्ट्रिय बाणिज्य बैङ्कको आडैमा मल्लको हत्या भएको हो ।
