कमल चौधरी
बुटवल , आश्विन २७ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिवजंग पाण्डेले मुलुको समग्र रुपमा विकास गर्नको लागि कुरामा होइन काममा विश्वस गर्नु पर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ रुपन्देहीको ६१ औं वार्षिक साधारण सभा तथा २२ औं अधिवेशनको समुद्घटन गर्दै आज (सोमबार) बुटवमा महासंघका अध्यक्ष पाण्डेले यस्तो भनेका हुन् ।
उनले नेपालमा आर्थिक, समाजिक, शैक्षिक क्षेत्रको विकासका लागि प्रायप्त प्रकृतिक स्रोत र साधनहरु हुदाँहुदै पनि कुराहरुमा मात्र सिमित हुनेहुदाँ मुलुकको विकास हुन नसकेको जिकिर गरे । उनले कुनै पनि कार्य समय सिमभित्रै गर्नुपर्ने भन्दै उद्योग व्यवसयी ऐन, मजदुरलाई समाजिक सुरक्ष ऐन, श्रम ऐन लगायत कामहरुलाई कार्यवन गर्न सक्यैभने मुलुमा छिट्टै उद्योग क्रन्ति ल्याउन सकिनेमा जोड दिए ।
त्यस्तै सभासद् एवम् पूर्वमन्त्री बालकृष्ण खाँणले बुटवलका व्यवसयीहरुको हक हितको लागि नेपाल उद्योग वाणिज्य संघ रुपन्देहीले महात्वपूर्ण भूमिका खेलेको बताए । बुटवलका उद्योग व्यवसयीहरु राष्ट्रिय स्तरमा नेतृत्व गर्नु पर्ने भन्दै पूर्वमन्त्री खाँणले रुपन्देहीको ६१ औं वार्षिक साधारण सभा तथा २२ औं अधिवेशनबाट होनहार, जुझरु र कार्मठ नेतृत्व आउनुपर्नेमा जोड दिए ।
उनले मुलुक संक्रमकालिन अवस्थमा गुर्जिरहेको भन्दै समयमानै जनताले स्वीकार्य हुने संविधन निर्माण हुनुपर्नेमा जोड दिए । नेता खाँणले काग्रेसले संघीयता चहेको र देशका नगरिकनै मुलुकको मलिक हुन् भन्दैमुलुकमा पिछडीएका उत्पीडित, जातजति, महिला, मदेशी मुस्लीम समुदायको आधिकारकालागि विकेन्द्रीकृत शासन राज्यव्यवस्था हुनुपर्नेमा जोड दिए ।
