फोटो फिचर सहित समचार,
राज्यसत्ता
अस्ट्रेलिया , अक्टोबर १२ , २०१४ – आगामी बर्ष २०१५ मा स्पेनको बार्सिलोनामा हुन गई रहेको फुट्सल च्याम्पेन्शिप्मा भाग लिने अस्ट्रेलियाली टिम्मा बाह्न बर्षिय बालक नोडेन थापा मगर छनोट्मा परेका छन ।
यही गएको सेप्टेम्बर २९ देखी २ अक्टोबर २०१४ मा अस्ट्रेलियाको बेन्डिगो ,विक्टोरियामा भएको नेस्नल स्कुल फुट्सल चम्पिओन्सिप अन्डर १२ अन्तर्गतमा मगरले कुइन्स्ल्यान्ड टिम बाट भाग लिएका थिए । उक्त प्रतियोगितामा नोडेन मगरको टिमले उत्कृष्ट प्रदर्सन गर्दै सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । उनको टिम्ले उपाधी नजिते पनि नोडेन भने निर्णयकहरुको आँखामा छाउन सफल भए । जसको फल स्वरुप उनी उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडिमा दरिन पुगे ।
अस्ट्रेलियन फुट्सलका अनुसार नोडेन मगर ,१२ बर्ष मुनिका उत्कृष्ट ५ खेलाडीमा परेका छन । उनि आगामी बर्ष २०१५ मा स्पेनको बार्सिलोनामा हुने सो खेलमा भागलिने पहिलो नेपाली हुने छन् ।
(यो फोटोहरू नोदेन थापा मगरको बाबाबाट प्राप्त)