राई पत्रकारको स्थापना दिवसमा शुभकामना कार्यक्रम

Read Time:4 Minute, 1 Second

देब पचभैया

काठमाडौं २५ असोज – किरात राई पत्रकार संघले आफनो ८ औं स्थापना दिवसको अवसरमा शनिबार किरात राई यायोक्खा केन्द्रीय कार्यालय परिसरमा दीपावली र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

संघको अध्यक्ष भीषण राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष यशोदा राई प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिइन भने नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर विशेष अतिथि रहेका थिए । सो अवसरमा यायोक्खाकी अध्यक्ष राईले किरात राई पत्रकार संघ सधै किरात राई समुदाय र आफनो पेशागत हक अधिकारको लागि सक्रिय हुनुपर्ने बताइन । उनले देशभर छरिएर रहेका किरात राई पत्रकारहरु संगठित भएर आफनो समुदायको हितमा लाग्नुपर्ने धारणा राखिन ।

 

त्यस्तै नेपाल पत्रकार महासंघका महासचिव मगरले पहिचानसहितको संघीयता र संघीयता सहितको नयाँ संविधान वर्तमान नेपालको आवश्यकता रहेकाले पहिचानसहितको संघीय संविधान निर्माणमा राई पत्रकारहरुले पनि भूमिका खेल्नुपर्ने बताए । उनले नेपाल आदिवासी जनजाति महासंघ र विभिन्न जातीय संगठनहरु एकतावद्ध भएर आन्दोलन गर्दा मात्र मुलुकमा परिवर्तन हुनसक्ने जिकिर गरे ।

त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डन्ड गुरुङले सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुको संरचना नै असमावेशी  रहेकोले सञ्चारमाध्यमबाट आदिवासी जनजातिका मुद्दा कम आउने गरेको बताए । उनले आफूहरुले हाल सञ्चारमाध्यम  पूर्ण समावेशी हुनुपर्ने भन्दै समावेशी सञ्चार अभियान सञ्चालन गरिरहेको बताए ।

 

किरात राई पत्रकार संघका अध्यक्ष भीषण राईले संघले गत असोज १४ गते नै स्थापना दिवस मनाउनु पर्ने भए पनि विशेष कारणबस सो मितिमा स्थापना दिवस मनाउन नसकिएकोले शनिबार त्यसैको सन्दर्भमा दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम राखिएको जानकारी दिए ।

संघको स्थापना दिवसको अवसरमा आयोजित सो कार्यक्रममा किरात राई यायोक्खाका महासचिव दिवस राई, उपमहासचिव, जीवन हाताचो राई, दिवस कोयु राईलगायत सहभागी थिए ।

सो कार्यक्रममा तामाङ  सञ्चार समूहका अध्यक्ष जगत दोङ, लिम्बु पत्रकार संघका कोषाध्यक्ष मिलन लिम्बू, वाम्बुले राई समाजका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव गजुरधन राई, किरात राई विद्यार्थी संघकी उपाध्यक्ष विर्सिका राई, किरात राई सांस्कृतिक कलाकार संघकी अध्यक्ष तथा गायिका पार्वती राई, किरात राई युवा संघका अध्यक्ष मोहन राई, किरात राई यायोक्खा जिल्ला कार्यसमिति ललितपुरका अध्यक्ष ऋषिश्वर राई लगायतले शुभकामना दिएका थिए ।

(फोटो:भीषण राईको फेशबुक)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %