देब पचभैया
काठमाण्डौ–सुन्तलाका लागि भोजपुरको छिनामखु निकै प्रसिद्ध छ ।
त्यसैले छिनामखु बासी यस पटक पहिलोपटक भोजपुरमा सुन्तला महोत्सव गर्न तयारीमा जुटेका छन् । अन्य स्थानभन्दा यहांको सुन्तलाको आफ्नै विशेषता रहेको छ । भोजपुर छिनामखुको सुन्तला रसीलो हुनका साथै खंदीलो हुन्छ । त्यसैले यसको प्रयटन प्रवद्र्धन गर्न पनि यस पटक भब्य सुन्तला महोत्सव गरिंदैछ ।
छिनामखु सरोकार समाजले यहि फागुन दोस्रोहप्ता सुन्तला महोत्सव गर्ने बताएको छ । भोजपुरको छिनामखु, तिम्मा, गुप्तेश्वर, खावा र अन्नपूर्ण गाविसको केन्द्र हिंखुवा र पिखुवा दोभानमा रहेको किरांतेश्वर पशुपतिमा महोत्सव सञ्चालन हुनेछ ।
महोत्सवमा सुन्तलाका विभिन्न स्टलहरु राखिने र छिनामखुलाई नमुना गावीसको रुपमा विकास गरिने महोत्सवका संयोजक पुरुषोतम राईले बताए । सुन्तलाको रक्सी, ब्राण्डी, जाम, स्क्वायसका आईटम रहनेछन् भने स्वास्थ्यको लागि पनि सुन्तला उत्तिकै महत्वपूर्ण हुन्छ । यसबाहेक महोत्सवमा सुन्तलाबाट बनेका अनुहार धुने फेसवास पनि रहनेछ । यसबाहेक भिटामिन सीको लागि पनि उत्तिकै लाभदायक मानिन्छ सुन्तला ।
अहिले पनि पाहुना आफन्तलाई कोशेली र उपहारको लागि सुन्तलानै दिईने गरिन्छ छिनामखुमा । दैनिक सांस्कृतिक कार्यक्रमका साथै अन्य मनोरञ्जनका कार्यक्रम पनि सञ्चालन गर्ने आयोजकल जनाएको छ ।
सुन्तलाको मौसम भदौ महिनादेखी चैत्र सम्म हो । यो बेला अहिले सुन्तलाले गाउंनै पहेंलपुर हुन्छ । “त्यसैले महोत्सव गर्नु परेको हो” महोत्सव संयोजक पुरुषोतम राई भन्छन् –“सुन्तलाको प्रवद्धन गरी स्थानिय जनताको आर्थिकस्तर वृद्धी गर्न पनि महोत्सव गर्न लागिएको हो” ।
युरोपमा जसरी सुन्तलाको लागि साईप्रस प्रख्यात छ त्यसरीनै एशीयामा भोजपुरको सुन्तला प्रख्यात रहेको जानकारहरु बताउंछन् ।
