जिल्ला शिक्षा अधिकारीको हाजिर सिडियो कार्यालयमा

Read Time:2 Minute, 29 Second

देब पचभैया

पाल्पा, असोज २६ – पर्बत बाट सरुवा भई पाल्पामा जिल्ला शिक्षा अधिकारी भएर आएका खुबीराम अधिकारीले कार्यालयमा हाजिर हुन नपाएपछि ३ दिन देखि सिडियो कार्यालयमा हाजिर गरेका छन् । बर्तमान जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले हाजिरी रजिष्ट्रर  लुकाएपछि उनले प्रमुख जिल्ला अधिकारीलाई निबेदन दिएर प्रशासनमै हाजिर गरेका हुन् ।  

गएको जेठ १ गते ३ महिनाको लागी काजमा जिल्ला शिक्षा अधिकारी भएर पाल्पा आएका टोप बहादुर श्रेष्ठले नया आएका अधिकारीलाई हाजिर हुन नदिएपछि रजिष्ट्रर प्रशासनमै मगाएर हाजिर गर्ने ब्यवस्था मिलाईएको सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन ज्ञवालीले जानकारी दिए ।  

मै थमौती हुन्छु, तपाई जानुस भन्ने, कहिले दशै पछि जान्छु भन्ने, कहिले दुई चार दिन पछि हिड्छु भन्ने गर्दा गर्दे श्रेष्ठले नया जिल्ला शिक्षा अधिकारीलाई दुख दिएको भेटियो, सहायक प्रजिअ ज्ञवालीले भने , नया अधिकारीले प्रशासनलाई निबेदन दिएपछि यही हाजिर हुने ब्यवस्था मिलाएका हौ ।  

खुबिराम अधिकारीलाई केन्द्रबाट बोलावट भैसकेको भन्दै टोप बहादुर श्रेष्ठले आफु नै पाल्पाको जिल्ला शिक्षा अधिकारी भएको प्रतिकृया दिए । तर केन्द्रमा आफुलाई नबोलाईएको अधिकारीको भनाई छ । एक दुई दिनमा फेरी काठमाण्डौ जादैछु, अधिकारीले भन्नुभयो समस्या छैन, धेरै कुरा नगरौ ।  

पर्बत बाट रमाना लिएर पाल्पा आएका खुबिराम अधिकारी जिल्लामा हाजिर हुन नपाएपछि पटक पटक केन्द्रमा समेत पुगेका थिए । राजनैतिक पहुचको आधारमा श्रेष्ठले पाल्पा छोड्न नमानेको शिक्षाका कर्मचारीहरुले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %