विशन क्षेत्री
पर्बत असोज-२३ – दोश्रो संविधान सभा निर्वाचन धाँधलीरहित भएको ठोकुवा गरेको जिल्ला निर्वाचन कार्यालय पर्वत पानीमाथिको ओभानो बन्न खोजेको पुष्टि भएको छ । गत मंसिर ४ गते सम्पन्न भएको संविधानसभाको दोश्रो निर्वाचनका मतपत्र कालीगण्डकी किनारमा भेटिएपछि निर्वाचन कार्यालयको कमजोरी प्रमाणित भएको हो ।
![]()
निर्वाचन कार्यालयले संविधानसभाको दोश्रो निर्वाचन धाँधलीरहित रुपमा सम्पन्न भएको भनिरहँदा कालीगण्डकी किनारमा एनेकपा माओवादीका मतपत्रहरु भेटिनुले निर्वाचन कार्यालयको दाबीलाई खोक्रो तुल्याएको छ । अरु पार्टीका नभई एनेकपा माओवादीका मात्र एकपक्षीय मतपत्र नदी किनारमा भेटिनुले दोश्रो निर्वाचनलाई रहस्यमयी तुल्याएको छ ।
दोश्रो संविधान निर्वाचनमा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी विजयी भएका थिए । संविधानसभा निर्वाचन २०७० एनेकपा माओवादी तर्फका दाबेदार नेत्र अधिकारी हिमाल पक्षका मतपत्रहरु नदी तिरमा भेटिएको हो । नित्यकर्म गर्नको लागी कालीगण्डकी किनारमा गएका कुश्मा नगरपालिका निवासी गिरीधारी पौडेलले बेवारिसे अवस्थामा मतपत्र भेटिएको बताएपछि खोलेर हेर्ने क्रममा हँसिया हथौडामा स्वस्तिक छाप लगाईएका मतपत्र भेटेको बताउनुभयो । पौडेलको भनाई अनुसार कालीगण्डकी किनारमा पुगेका पत्रकार तथा एमाओवादी कार्यकर्ताको टोलीले एनेकपा माओवादीको चुनाव चिन्हमा छाप लगाईएका मतपत्र भेटाइएका थिए ।

मतपेटीकामा धाँधली गरिएको एमाओवादीको निश्कर्ष रहेको थियो भने पछि छानविन र अनुसन्धान भैरहेको सन्दर्भमा पर्वत जिल्ला कुश्मा नगरपालीका स्थीत जल्कीनि मा यसरी मतपत्र भेटिनुले दोस्रो संविधानसभाको निर्वाचन शान्तिपुर्ण भएको भन्ने विषय खोक्रो कुरा सावित भएको एमाओवादी पार्टी पर्वतले जनाएको छ ।
संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली सेना र प्रहरीको मिलोमतोमा सबैभन्दा बढि नेपाली कांग्रेस र एमालेले पनि मतपेटीका साटेको आरोप एमाओवादीले विगतमा लगाउँदै आएको थियो । निर्वाचन समापन भएको १० महिनापछि मतपत्र भेटिनुले एमाओवादीको आरोप प्रमाणित भएको हो । एमाओवादी पार्टीका जिल्ला सचिव ढाकाराम गौतम सन्देशले एमाओवादी पर्वत जिल्लामा बलियो पकेट हुँदा हुँदैपनि चुनाव हार्नुको कारण ब्यापक धाँधलीको र राज्यवाट नै माओवादीलाइ दोस्रो संविधानसभाको चुनावमा पराजय गराउन खोजेको कुरा पुष्टी भएको बताएका छन् ।
एमाओवादी जिल्ला सचिव गौतमका अनुसार स्थानिय वासिन्दा नित्य पूजाको लागि गंगामा स्नान गर्न जाने क्रममा मतपत्र देखेपछि पाटी कार्यलयलाई खबर गरेको र आफुहरु पत्रकार लिएर् त्यहाँ पुग्नेक्रममा मतपत्र वेवारिसे अवस्थामा पाएको जानकारी दिनुभएको छ । मतपत्र सबै सक्कली भएको र मतपत्रको हसियाँहतौडामा स्वस्तीक छाप लगाएका मतपत्र मात्र फँयाकिएको अवस्थामा भेटिएको हो ।
साझा सवाल बाट
